• १६ भदौ २०८१, आइतबार

श्रेष्ठ मिस ग्रान्ड नेपाल

blog

काठमाडौँ, भदौ २८ गते । ऐश्वर्या श्रेष्ठले मिस ग्रान्ड नेपाल २०२२ को उपाधि चुम्न सफल हुनुभएको छ। उहाँले मिस ग्रान्ड इन्टरनेसनलको दसौँ संस्करणमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ। वर्षा भण्डारी र रक्षा उप्रेती क्रमशः फस्ट र दोस्रो रनरअप हुनुभएको छ। 

युद्ध र हिंसा रोक्न प्रमुख उद्देश्यका साथ मिस ग्रान्ड नेपाल आयोजना गरिएको आयोजकले जनाएको छ। मिस ग्रान्ड नेपालमा मिस पपुलर तन्नु शाक्य, मिस पर्सनालिटी वर्षा भण्डारी, मिस बेस्ट इन स्विमसुट वर्षा भण्डारी, मिस कन्फिडेन्स समना कार्की, मिस फोटोजेनिक स्वस्तिका मगर र मिस कन्जेनियालिटी सुदेष्णा महर्जन चुनिनुभयो।