• ११ असोज २०८१, शुक्रबार

पहिरोले मेची राजमार्ग अवरुद्ध

blog

मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्ड अन्तरगत पाँचथरको कावेली खण्डमा खसेको पहिरो । तस्बिर सौजन्य: नेपाल प्रहरी

फिदिम, भदौ २८ गते । निरन्तरको वर्षासँगै खसेको पहिरोले मेची राजमार्ग अन्तर्गत फिदिम–ताप्लेजुङ सडक खण्ड अवरुद्ध भएको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिका-२ कबेली खण्डमा खसेको ढुङ्गे पहिरोका कारण सडक रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

सडकबाट ३० मिटर माथिबाट खसेका ढुङ्गाका कारण अवरुद्ध सडक पन्छाउन सडक विभागको डोजरसँगै स्थानीय र प्रहरीले प्रयास गरिरहेको खतिवडाको बताउनुभयो । पहिरो खसेपछि ताप्लेजुङबाट पाँचथर र पाँचथरबाट ताप्लेजुङ तर्फ हिँडेका सवारी ढुवानी साधन अलपत्र परेका छन् । पहिरो पन्छाएर सडक सुचारु गर्न केही घण्टा लाग्ने प्रहरी चौकी कावेलीका इन्चार्ज दिवस कार्कीले बत्ताउनुभयो ।

Author

राधा लुइँटेल