• १९ पुस २०८१, शुक्रबार

लिभरपुल र बायर्न विजयी

blog

आयाक्सविरुद्ध गोल गरेपछि लिभुपुलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, भदौ २९ गते । च्याम्पियनसिप लिग फुटबलमा इङ्लिस क्लब लिभरपुल र जर्मन क्लब बायर्न म्युनिख विजयी भएको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले डच क्लब आयाक्सलाई २–१ गोलले हरायो । 

समूह ‘ए’मा रहेको लिभरपुलको यो पहिलो जित हो । यसैगरी समूह ‘सी’ को खेलमा बायर्नले स्पेनिस क्लब बार्सिलोनालाई २–० गोलले हरायो । बायर्नको यो लगातार दोस्रो जित हो । 

घरेलु मैदानमा लिभरपुललाई जिताउन मोहमद सलाहले १७औँ र जोएल माटिपले ८९औँ मिनेटमा गोल गर्नुभयो । यसअघि यायाक्सका मोहमद कुडुसले २७औँ मिनेटमा गोल गरेको गोल सान्त्वना बन्यो । जितसँगै दुई खेलबाट तीन अङ्क बनाएको लिभरपुल दोस्रो स्थानमा छ । 

पहिलो खेलमा लिभरपुल नापोलीसँग पराजित भएको थियो । तीन अंक बनाएको आयाक्स तेस्रो स्थानमा छ । यसैगरी बार्यनको जितमा लुकास हर्नान्डेजले ५०औं र लोरी सानेले ५४औं मिनेटमा गोल गर्नुभयो । पहिलो हाफमा औसत प्रदर्शन गरेको बार्सिलोनाको गोल फर्काउने प्रयास सफल बन्न सकेन । 

लगातार दोस्रो जितसँगै ६ अंक बनाएको बायर्न समूहको शीर्षस्थानमा छ । तीन अंक बनाएको बार्सिलोना दोस्रो र तीन नै अंक बनाएको इन्टर मिलान तेस्रो स्थानमा छ । मंगलबार राति नै भएको खेलमा इन्टरले पाल्जेनलाई २–० गोलले हरायो । 

समूह ‘बी’ को खेलमा बायर लिभरकुशेनले एट्लेटिको म्याड्रिडलाई २–० र क्लब ब्रुगले एफसी पोर्टोलाई ४–० गोलले हराएको छ । समूह ‘डी’ मा स्र्पोटिङले टोट्टनहामलाई २–० तथा फ्रान्कफर्टले मार्सेलीलाई १–० गोलले पराजित गरेको छ । एजेन्सी