सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बालुवाटारमा जारी छ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मोरङको कानेपोखरीका ६२ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्नुभएको छ ।
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टी भित्र गाह्रो भइरहेको बताउनुभएको छ।
काठमाडौं, चदौ २९ गते । सोनिया सेन पोखरेलको स्वरमा ‘केही खोजिरहेको थिए’ बोलको गीत सार्वजनिक भएको छ । यो सोनियाको पहिलो गीत हो ।सुगम पोखरेलको शब्द सङ्गीत र सोनियाकै आवाजमा रहेको गीतमा प्रदीप बास्तोला र प्रशंसा रायमाझीको अभिनय छ । शिवराम श्रेष्ठले छायाङ्कन गर्नुभएको भिडियोलाई बिजेश पौडेलले सम्पादन र निर्देशन गर्नुभएको हो ।
५८ औं बाल दिवसको अवसरमा हिमाली छात्रावासमा अध्ययनरत विद्यार्थीलाई कम्बल सहयोग गरिएको छ । छात्रावासमा बस्दैआएका बिद्यार्थीलाई कपडाको समस्या भएको पाइएपछि सिमकोट गाउँपालिकाले कम्बल सहयोग गरेको हो ।
नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्कीम सार्वजनिक गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘नबिल जेन अल्फा’ स्कीम सार्वजनिक गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ८४ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ११९ जनामा कोरोना पुष्टि भएको हो ।
अविनाश चौधरीधनगढी, भदौ २९ गते।एउटै फर्मबाट धेरै किसिमको कारोबार भएको पाइएपछि धनगढीस्थित समैजी स्टोरमा आन्तरिक राजस्व कार्यालयले बुधबार छापा मारेको छ।कर छलीको आशङ्कामा राजस्वले धनगढीको ट्राफिक चौराहामा रहेको सो स्टोरमा छापा मारेर अनुसन्धान सुरु गरेको हो।स्टोरबाट किरानाका सामानका साथै भाँडावर्तन, ग्याँस, इँटा, विल्डर्स लगायतको कारोबार हुँदै आएको छ।एउटै फर्मबाट धेरै किसिमको व्यापार गरिने गतिविधि शङ्कास्पद लागेपछि राजस्व छलेको हुन सक्ने आशङ्कामा छापा मारेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले बताउनुभयो।उहाँले एउटै व्यक्तिको नाममा धेरै कारोबार भएको जनाउनुभयो।हाल स्टोक बुक भिडाउने कार्य भइरहेको उल्लेख गर्नुहुँदै पौडेलले सबै कुरा छानबिन गर्न दुई दिनसम्म लाग्ने बताउनुभयो।‘छानबिन सकिएपछि त्यसपछि वास्तविकता बाहिर आउनेछ’, उहाँले भन्नुभयो।
गृहमन्त्री बालकृष्ण खाणले कारागार व्यवस्थापनका लागि बजेटको अभाव रहेको बताउनुभएको छ ।
बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन तयार भएको छ । भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनि टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक डिजाइन तयार पारेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरेको हो ।
भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मोरङको कानेपोखरी गाउँपालिकामा भुमिहीन सुकुम्वासी र दलित गरेर ३६ वटा लालपूर्जा वितरण गर्नु भएको छ ।
काठमाडौं, भदौ २९ गते । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको डेनभर कोलोराडोमा हुने भएको छ । नेपाल अमेरिका सम्बन्धको ७५ औं वार्षिकोत्सवको उपलक्ष्यमा अक्टोबर १३,१४ र १५ मा अवार्ड आयोजना हुने भएको हो । अवार्ड कार्यक्रममा अक्टोबर १३ र १४ मा नेपाली चलचित्रलाई विश्वसामु परिचित गराउने उद्देश्यले फिल्म फेस्टिभल हुने तथा १४ तारिखमा अमेरिकामा नेपाली चलचित्रको सम्भावनाको बारेमा अन्तरक्रिया कार्यक्रम र १५ अक्टोबरमा अवार्ड वितरण कार्यक्रम हुने ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ का अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयाे ।'एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेन्ट अल स्टेट इन्स्योरेन्स कम्पनी'को सह प्रयोजनमा नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एल एल सीले संयुक्त रुपमा ‘पाँचौं ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना गर्न लागेका हुन् । अवार्डका अघिल्ला चार संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए ।अवार्ड कार्यक्रममा नेपाली फिल्म र फिल्मकर्मीलाई सम्मानसहित अमेरिकामा रहेका नेपाली चलचित्रकर्मीलाई प्रोत्साहन गरिने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताउनुभयाे । नेपाललाई विदेशी चलचित्रकर्मीमाझ फिल्म सुटिङको सुन्दर गन्तव्यको रुपमा चिनाउन पनि यसले मद्दत गर्ने गोल्डेन स्टेट मुभी मेकरका यज्ञलाल श्रेष्ठले बताउनुभयाे र सकेसम्म हलिउड फिल्ममेकरलाई नेपालमा निम्ताएर कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको पनि श्रेष्ठले जानकारी दिनुभयाे ।अवार्ड कार्यक्रममा भुटानी चलचित्रहसमेत समावेश गराउने र नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरुको पुनर्मिलन गराउने र नेपाललाई विदेशीमाझ चलचित्र छायाङ्कन गर्न सुन्दर ठाउँको रुपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको छ ।अवार्ड र फिल्म फेस्टिभल लागि छनौट समिति गठन भईसकेको र अवार्डको सम्पूर्ण जानकारी प्रेस विज्ञप्तिमार्फत ल्याउने तथा नेपालबाट अवार्ड कार्यक्रममा सहभागी हुने कलाकार तथा फिल्म फेस्टिभलमा समावेश हुने चलचित्रहरुको जानकारी केही दिनमा गराउने अवार्डका नेपाल संयोजक मधुकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल व्यवस्थापनले १० बजेभित्र अस्पतालमा उपस्थित नहुने डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई छिर्न प्रवेश गर्नबाट रोकेको छ ।
काठमाडौं, भदौ २९ गते। प्रतिनिधि सभा सदस्य भीमसेनदास प्रधानले संसदको बैठकमा नियमित आउने र नआउनेबीचको मूल्याङ्कन नभएको बताउनुभएको छ। बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद प्रधानले यस्तो बताउनुभएको हो। उहाँले अब बन्ने संसदमा सांसदको बायोम्याट्रिक प्रणालीमा हाजिर गर्ने व्यवस्था गर्न माग गर्नुभयो। सांसद प्रधानले बैठकमा गणकपूरक सङ्ख्या नपुग्दा तीन मिनेट घण्टी बझाउनुपर्ने स्थिति भएको भन्दै संसद्प्रति नकारात्मक समाचार बाहिर गएको बताउनुभयो। उहाँले सांसदको बायोम्याट्रिक प्रणालीमा हाजिर गर्ने व्यवस्था गरेर संसदमा बस्ने र नबस्ने सांसदको सही मूल्याङ्कन हुनुपर्ने बताउनुभएको हो। त्यस्तै, सांसद मनकुमारी जिसीले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले प्राथमिक तहदेखि उच्च माविसम्मका शिक्षकको माग सम्बोधन नभएसम्म गुणस्तरिय शिक्षा हुन नसक्ने बताउनुभयो। सांसद जिसीले सरकारले आन्दोलनरत शिक्षकको माग सम्बोधनमा ध्यान नदिएको बताउनुभयो।सांसद महेश बस्नेतले केही जनप्रतिनिधिले साइबर क्राइमलाई आकर्षित हुने गरेर सामाजिक सञ्जाललाई दुरुपयोग गरेको आरोप लगाउनुभयो। उहाँले अहिलेको राजनीतिक व्यवस्थालाई बिथोल्ने, नेता र कायकर्ताको बदनाम गराउने अन्तर्राष्ट्रिय तत्त्वहरु रहेको दाबी गर्नुभयो। उहाँले सूचना प्रविधि ऐनलाई व्यवस्थित गर्दै त्यस्तो कार्य गर्नेलाई कानुनी कारबाही गर्न आग्रह गर्नुभयो। सांसद बस्नेतले काठमाडौं महानगरले मापदण्ड मिचेको भन्दै भत्काएका संरचनाको उचित समय र क्षतिपूर्ति दिनुपर्ने माग राख्नुभयो। उहाँले डेंगु रोग नियन्त्रण गर्न सरकारले उचित ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले नागरिकता विधेयक अब वर्तमान संसदको अवधि सकिएकाले अर्को संसदमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै सांसद मीना पाण्डेले नागरिकता विधेयक राष्ट्रपतिले रोक्न नहुने बताउनुभयो। उहाँले विधेयकमा अङ्गीकृत नागरिकतालाई खुला नगरेको भन्दै राष्ट्रपति त्यही समस्यामा अल्झिन नहुने बताउनुभयो।त्यस्तै सांसद यज्ञराज सुनुवारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले उठाएका गम्भीर सवालमा सरकार र महाभियोगमा हस्ताक्षर गर्ने सांसद नबोल्दा संशय पैदा भएको बताउनुभयो। उहाँले महाभियोगलाई मङ्सिर ४ गतेको निर्वाचनमार्फत जनअभियोगमा रुपान्तरण गर्ने प्रयास भइरहेको हो ? भन्ने प्रश्न उठेको बताउनुभयो।त्यस्तै सांसद यशोदा गुरुङ सुवेदीले सार्वभौम संसदलाई निर्देशन गर्ने अधिकार निर्वाचन आयोगलाई नभएको बताउनुभयो। उहाँले निर्वाचन आयोगले असोज १ गते राति १२ बजेपछि संसदको अवधि सकिने भन्ने पत्र पठाएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले विदेशी नागरिकले नेपालको नागरिकता प्राप्त गर्दा समानता र राष्ट्रियता दुवै विषयलाई गम्भीररुपमा लिनुपर्ने बताउनुभयो। नागरिकता विधेयकमा राष्ट्रिय सहमति नबनेको अवस्थामा प्रस्तुत विधेयक राष्ट्रपतिले तत्काल पास गर्नुपर्ने बताउनुभयो।त्यस्तै सांसद राजन केसीले संसद्लाई निर्वाचन आयोगले चिनाउने वा संसद्ले चिनाउने स्पष्ट हुनुपर्ने बताउनुभयो। उहाँले सांसद निर्वाचित भएर शपथ नखाएसम्म संसद्को कार्यकाल सुरु नहुने व्यवस्था रहेको बताउनुभयो।