कोभिड–१९ सङ्क्रमण फैलिएसँगै बन्द रहेको रसुवागढी–केरुङ नाका बिहीबारदेखि खुला भएको छ। चीनको केरुङबाट सामान बोकेका १४ वटा कन्टेनर बिहीबार रसुवागढी नाका आइपुग्नेछन्। जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले चिनियाँ पक्षबाट बिहीबारदेखि व्यापारिक नाका खुला हुने मोबाइल सन्देश प्राप्त भएको जानकारी दिनुभयो।
नेपालीहरूका महान चाड दशैँतिहार नजिक आइसकेका छन् । ठूला चाडपर्व नजिकिएसँगै रामेछापका बजार क्षेत्रमा चहलपहल सुरु भइसकेको छ । अहिले बजारको चहलपहलभन्दा गाउँगाउँमा भइरहेका सडक सरसफाइ तथा मर्मतलाई हेर्दा दशैँ आएको अनुभव हुन थालेको छ । रामेछापमा रहेका दुईवटा नगरपालिका र छवटा गाउँपालिकाका ६४ वडामध्ये अधिकांश वडामा दशैँअघि सडकको सरसफाइ तथा मर्मतमा पालिका लागिपरेका छन् । वर्षामा भत्किएका तथा बिग्रिएका सडकलाई मर्मत तथा सरसफाइ गरी दशैँमा घर आउने नागरिकलाई सहज बनाउन पालिका तथा वडा कार्यालयहरू लागेका हुन् ।
जग्गा विवादका कारण खोटाङको एक सिँचाइ आयोजना निर्धारित मितिमा सम्पन्न हुन सकेन। जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६, छितापोखरीस्थित टुवाखोला मुहान रहेको लोकतान्त्रिक सिँचाइ आयोजनामा जग्गा विवाद हुँदा समयमै सम्पन्न हुन नसकेको हो। योजना सम्पन्न भएको भए दिप्रुङ चुइचुम्मा गाउँपालिकाका बतासे, सछितापोखरी र छितापोखरी गरी तीन वडाका खेतमा सिँचाइ सुविधा पुग्ने थियो।
सरकारले बर्सेनि सुलभ र सहज तरिकाबाट बालबालिकालाई शिक्षा उपलब्ध गराउन विभिन्न कार्यक्रम तथा नाराहरू तय गर्ने गरेको छ । ग्रामीण क्षेत्रका बालबालिकाका लागि ती नारा नारामै सीमित बन्ने गरेका छन्। उनीहरू घण्टौँ टाढाका विद्यालय धाएर शिक्षा लिन बाध्य छन्। धनकुटाको साँगुरीगढी गाउँपालिका–७, आस्कोटका अर्पण राई करिब दुई घण्टा टाढाको स्कुलबाट शिक्षा लिन बाध्य हुनुहुन्छ। उहाँ सोही वडाको महाभारतस्थित गोलखाडी माविको कक्षा–९ मा अध्ययनरत हुनुहुन्छ। दैनिक करिब चार घण्टाभन्दा बढी समय त उहाँको स्कुल आउन जानमै बित्ने गरेको छ। उहाँ सँगसँगै सोही गाउँबाट दैनिक करिब ३० जना विद्यार्थी विद्यालयको लागि दैनिक चार घण्टा धाउन बाध्य छन्। “नजिकै स्कुल छैन, त्यसैले दैनिक करिब चार घण्टा धाउन बाध्य छौँ,” राई भन्नुहुन्छ।
स्थापना कालदेखि जग्गा र भवनको विवाद झेल्दै आएको कृषि तथा वनविज्ञान विश्वविद्यालय, वन विज्ञान सङ्काय, हेटौँडाले आफ्नै भवन पाएको छ । सङ्घीय सरकारको अनुदान सहयोगमा निर्माण भएको पाँच तले भवनमा अब वनविज्ञान सङ्काय डिनको कार्यालयसँगै शैक्षिक कार्यक्रम सञ्चालन हुने भएको छ । वनविज्ञान सङ्काय डिनको कार्यालय र शैक्षिक कार्यक्रम त्रिभुवन विश्वविद्यालय वनविज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसको भवनमा सञ्चालन हुँदै आएको थियो । कृषि तथा वनविज्ञान विश्वविद्यालय ऐन, २०६७ मा त्रिविविको आङ्गिक क्याम्पसका रूपमा रहेको कृषि तथा पशुविज्ञान अध्ययन संस्थान, रामपुर कृषि क्याम्पस र हेटौँडा वन
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालबालिकाको सुनौलो भविष्य सुनिश्चित गर्न परिवार, समाज र राज्यले सामूहिक दायित्व निर्वाह गर्नुपर्ने बताउनुभएको छ। ५८औँ बालदिवसको सन्दर्भमा मन्त्रालयद्वारा बुधबार आयोजित कार्यक्रममा उहाँले प्रविधिको दुरूपयोग गरेका कारण धेरै बालबालिकालाई साइबर अपराधमा पीडित बनाइएको र यौन दुव्र्यवहार गरिएको बताउनुभयो। उहाँले बालबालिकालाई सही दिशा निर्देश गर्न विद्यालय र अभिभावकको विशेष भूमिका हुने चर्चा गर्दै राज्यले बालबालिकासम्बन्धी नीति पारित गर्न छलफल जारी रहेको बताउनुभयो।
हत्या मुद्दालाई मानव अधिकारको गम्भीर उल्लङ्घन सूचीमा राख्ने वा नराख्ने विषयमा दलीय सहमति नभएपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक अघि नबढ्ने निश्चित भएको छ। सङ्घीय संसद्को कार्यकालको अन्तिम समयमा सरकारले ल्याएको विधेयक विवादका कारण अघि नबढ्ने निश्चित भएको हो।
कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ। सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२२ को आठ महिनामा हवाई मार्गबाट मात्रै तीन लाख २६ हजार ६६७ पर्यटक नेपाल भित्रिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ हनुमान ढोकास्थित कुमारी घरमा गई कुमारीको हातबाट टीका र प्रसाद ग्रहण गर्नुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको बैठकले कांग्रेसको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को समानुपातिकतर्फका उम्मेदवारको चयनका लागि चार बुँदे आधार र मापदण्ड तय गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमै उत्पादित सामग्री सरकारी कार्यालयमा प्रयोग हुनसके मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने बताउनुभएको छ । बुधवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
सर्वोच्च अदालतले संघीय संसद अन्तर्गतको महाअभियोग सिफारिस समितिमा कामु प्रधानन्यायधीश उपस्थित हुन नमिल्ने जवाफ फर्काएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले निर्माण कार्य अधुरो छोड्ने निर्माण कम्पनीलाई कारवाही गर्ने बताउनुभएको छ । बाँकेको जानकी गाउँपालिका –३ ईन्द्रपुरमा बुधबार हुलाकी राजमार्ग अन्तर्गत नेपालगञ्ज–गुलरिया सडकखण्डको स्तरोन्नतिको शिलान्यास गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
काठमाडौं,भदौ २९ गते। नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण सुरु गरेको छ। नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयले बुधबारबाट सर्वसाधाणका लागि नयाँ नोट वितरण सुरु गरेको हो। राष्ट्र बैंकका सूचना अधिकारी नाराणप्रसाद पोखरेलका अनुसार केन्द्रीय कार्यालयबाट नयाँ नोट दिन सुरु गरिएको हो। एक व्यक्तिले पाँचदेखि एक सय दरका एक एक प्याकेट गरेर १८ हजार ५०० रुपियाँसम्म नयाँ नोट साट्न पाउने छन्।यस पटकको दशैंमा १० अर्ब नयाँ नोट सटही गर्ने नेपाल राष्ट्र बैँकले जनाएको छ।
निर्वाचन आयोगले निर्वाचनको नयाँ प्रक्रिया सुरु हुनुअघि २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको बन्द सूचीमा नाम भएका व्यक्तिहरुको पद स्वतः रद्द हुने गरी कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।