काठमाडौं, भदौ ३० गते । दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म 'के घर के डेरा'को टिजर सार्वजनिक गरिएको छ । फिल्मको टिजर बिहीबार युट्युब च्यानल 'जीटुवान'मार्फत सार्वजनिक गरिएको हो । सिंगे लामाको कथामा बनेको फिल्म कमेडी जनरामा छ । फिल्ममा महेश दवाडीको लेखन छ भने फिल्मलाई शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले संयुक्त रूपमा निर्माण गर्नुभएको हो । फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की, वर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्म कात्तिक ४ देखि देशभर प्रदर्शनमा आउने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचन पछिको १० वर्षभित्र नेपाललाई दक्षिण एसियामा समृद्ध मुलुकको रुपमा चिनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
वर्षाका कारण सुदूरपश्चिम प्रदेशका बैतडीसहित सात जिल्लाका नदीमा बिहीबारदेखि तीन दिन पानीको जल सतह उल्लेख्य बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन सूचना जारी गरेको छ ।
नेपाली सेनाको श्रीजंग गण (शान्ति सेना)को एसआइबी १२ औं डफ्फाको अन्तिम टोली बिहीवार दक्षिणी सुडानतर्फ प्रस्थान गरेको छ । सेनानी सुरज थापाको नेतृत्वमा २३२ जना नेपाली शान्ति सैनिक यूएन चार्टर्ड विमानमार्फत संयुक्त राष्ट्रसङ्घीय मिसन ईलाकातर्फ प्रस्थान गरेका हुन् ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बागमती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ । सो वार्तामा खासगरी खाद्यान्नको निकासीका विषयमा कुराकानी भएको क्रेमलिनले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । सिरियाका लागि मानवीय सहायता आवश्यक रहेकाले त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको हो ।
आज (बिहीबार) बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद् बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो ।
वर्षाका कारण आएको पहिराले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको पहिराका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त पहिरो स्थानीय सरकारको समन्वयमा सडक विभागका प्राविधिकले हटाउने प्रयास भइरहेको र अपराह्नसम्ममा यातायात सञ्चालनमा ल्याउने इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिनुभयो । पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने साना सवारीसाधन वैकल्पिक सडक प्रयोग गरेर चलिरहेका छन् । बर्खायाम लागेसँगै विभिन्न स्थानमा पहिराका कारण यातायात अवरुद्ध हुने गरेको छ ।
अपाङ्गता भएका बालबालिकाको पुनःस्थापना र निःशुल्क औषधि उपचारका लागि वीरेन्द्रनगरमा बाल अस्पताल तथा पुनःस्थापना केन्द्र स्थापना हुने भएको छ । विकलाङमित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले असोजदेखि वीरेन्द्रनगर–१ चनाबारीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालनको तयारी गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ ।
सुगम पोखरेलको स्वरमा नयाँ गीत ’तिमी फर्केर आयौ’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गीतकार प्रदीप चापागाईंको शब्द र कल्याण सिंहको सङ्गीत र दीक्षित पौडेलको एरेन्ज सुन्न सकिन्छ।
काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा अबिरल वर्षासँगै गएको पहिरोमा परी एकै परिवारका तीन जनाको निधन भएको छ ।
पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ३ को एउटा टोलका सबै बालबालिकामा ज्वरो र रुघाखोकीको सङ्क्रमण देखिएको छ। स्थानीय साम्रे आधारभुत विद्यालयको सेवा क्षेत्रमा पर्ने साम्रे टोलका ३५ जना बालबालिका एकैसाथ बिरामी भएपछि त्यहाँको स्वास्थ्य शाखाले बुधबार विद्यालयमै पुगेर उनीहरूको स्वास्थ्य परीक्षण गरेको छ।