• १६ भदौ २०८१, आइतबार

फिल्म 'के घर के डेरा'को टिजर

blog

काठमाडौं, भदौ ३० गते । दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म 'के घर के डेरा'को टिजर सार्वजनिक गरिएको छ । फिल्मको टिजर बिहीबार युट्युब च्यानल 'जीटुवान'मार्फत सार्वजनिक गरिएको हो । 

सिंगे लामाको कथामा बनेको फिल्म कमेडी जनरामा छ । फिल्ममा महेश दवाडीको लेखन छ भने फिल्मलाई शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले संयुक्त रूपमा निर्माण गर्नुभएको हो । 

फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की, वर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्म कात्तिक ४ देखि देशभर प्रदर्शनमा आउने भएको छ ।