• १६ भदौ २०८१, आइतबार

‘तिमी फर्केर आयौ’ सार्वजनिक

blog

काठमाडौँ, भदौ ३० गते । सुगम पोखरेलको स्वरमा नयाँ गीत ’तिमी फर्केर आयौ’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गीतकार प्रदीप चापागाईंको शब्द र कल्याण सिंहको सङ्गीत र दीक्षित पौडेलको एरेन्ज सुन्न सकिन्छ।  

म्युजिक भिडियोमा आकाश श्रेष्ठ, विकास लामिछाने र करुणा श्रेष्ठको अभिनय रहेको छ। प्रेम र बिछोडको कथामा तयार भएको म्युजिक भिडियोलाई निकेस खड्काले निर्देशन गर्नुभएको हो। भिडियोमा उत्तम हुमागाईंको छायाङ्कन, अनिता ग्वाचाको मेकअप र विकास धमलाको सम्पादन समावेश छ।