• ८ मंसिर २०८१, शनिबार

सिरियाका लागि सहयोग गर्न संयुक्त राष्ट्रसङ्घीय महासचिवको आग्रह

blog

संयुक्त राष्ट्रसंघ, भदौ ३० गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । सिरियाका लागि मानवीय सहायता आवश्यक रहेकाले त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको हो ।

बुधवार उहाँले सिरियाका नागरिकलाई जीविकाका लागि नै सहयोग गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग रकम उपलब्ध गराउन माग गर्नुभएको हो । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदमा बुधवार महासचिव गुटरेसले विश्व समुदायलाई नै सो आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

उहाँले सिरियाली नागरिकको जीवन बचाउने योजनाका लागि संयुक्त राष्ट्रसङ्घले केही कार्यक्रम बनाएको र त्यसका लागि यस वर्षमात्र कम्तीमा पनि चार करोड ४० लाख अमेरिकी डलर रकम चाहिएको बताउनुभयो ।

सो रकम सिरियाली नागरिकको जीवन बचाउनका लागि अत्यावश्यक पर्ने मानवीय सहयाताका लागि मात्र आवश्यक रहेको उहाँले जानकारी दिनुभयो । साथै उहाँले यसबाहेक पनि सिरियामा बाहिरबाट आएका शरणार्थी तथा सिरियाबाट भागेर बाहिरिएका शरणार्थीहरुका लागि पनि थप ६.१ मिलियन डलर आवश्यक रहेको उहाँले बताउनुभयो ।

यो सबै गरेर सन् २०२२ का लागि मात्र सिरियाका लागि एक करोड ५० अमेरिकी डलर आवश्यक रहेको जानकारी दिनुभयो । विगत लामो समयदेखिको आन्तरिक विद्रोह तथा यहाँ परेको खडेरी आदि कारणले गर्दा सिरियाको आर्थिक अवस्था निकै नाजुक रहेको र यहाँका बालबालिकासमेत कुपोषणको शिकार हुदै गएका बताउँदै उहाँले यस्तो अवस्थामा सिरियाका लागि विशेषतः मानवीय सहयता चाहिएको पनि सो बैठकमा जनाउनुभयो । (रासस/सिन्ह्वा)