• १३ साउन २०८१, आइतबार

कर छलीको आशङ्कामा पसलमा राजस्वको छापा

blog

अविनाश चौधरी

धनगढी, भदौ २९ गते।एउटै फर्मबाट धेरै किसिमको कारोबार भएको पाइएपछि धनगढीस्थित समैजी स्टोरमा आन्तरिक राजस्व कार्यालयले बुधबार छापा मारेको छ।

कर छलीको आशङ्कामा राजस्वले धनगढीको ट्राफिक चौराहामा रहेको सो स्टोरमा छापा मारेर अनुसन्धान सुरु गरेको हो।स्टोरबाट किरानाका सामानका साथै भाँडावर्तन, ग्याँस, इँटा, विल्डर्स लगायतको कारोबार हुँदै आएको छ।

एउटै फर्मबाट धेरै किसिमको व्यापार गरिने गतिविधि शङ्कास्पद लागेपछि राजस्व छलेको हुन सक्ने आशङ्कामा छापा मारेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले बताउनुभयो।उहाँले एउटै व्यक्तिको नाममा धेरै कारोबार भएको जनाउनुभयो।

हाल स्टोक बुक भिडाउने कार्य भइरहेको उल्लेख गर्नुहुँदै पौडेलले सबै कुरा छानबिन गर्न दुई दिनसम्म लाग्ने बताउनुभयो।‘छानबिन सकिएपछि त्यसपछि वास्तविकता बाहिर आउनेछ’, उहाँले भन्नुभयो।