• १६ भदौ २०८१, आइतबार

फिल्म वितरक करण प्रदेशसभा सदस्यमा सिफारिस

blog

फिल्म निर्माता तथा वितरक करण श्रेष्ठ ।

काठमाडौं, भदौ ३० गते । फिल्म निर्माता तथा वितरक करण श्रेष्ठ प्रदेशसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । उहाँलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बागमती प्रदेशअन्तर्गत काठमाडौं जिल्ला क्षेत्र नं. १ (ख) बाट प्रत्यक्ष तर्फबाट सिफारिस गरेको हो ।

“म फिल्मकर्मी भएपनि निरन्तर रुपमा राजनीतिमा पनि लागेको छु । हामीले फिल्ममा समाजमा घटेकै दृश्य देखाउने हो । फिल्म चलाउन दर्शकको ठूलो योगदान छ, त्यसैले फिल्मकर्मीले पनि सम्पूर्ण नेपालीहरुले दिनुभएको साथ र सहयोगका लागि राम्राे काम गर्न म राजनीतिमा प्रवेश गरेको हुँ”, उहाँले भन्नुभयो । 

दिनेश पौडेलको 'जवाफ' फिल्मबाट अभिनेताको रुपमा रजतपटमा पाइला राख्नुभएका उहाँले 'ह्याप्पी न्यू इयर', 'सम्झिदिए पुग्छ', 'म छु नी तिम्रो', 'को कस्को' लगायत २० वटाभन्दा बढी फिल्ममा अभिनय गरिसक्नुभएको छ । 

१९ वर्ष देखि फिल्म क्षेत्रमा सक्रिय श्रेष्ठले 'रिच इन्टरटेनमेन्ट' नामक कम्पनीबाट फिल्म वितरण गर्दै आउनुभएको छ । हाल उहाँ ‘राजनीतिमा युवा’ भन्ने अभियानमा सक्रिय हुनुहुन्छ ।