• १३ साउन २०८१, आइतबार

गुलजार ए अदबद्वारा कवि सम्मेलन

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, भदौ ३१ गते । बाँकेका उर्दु साहित्यकारहरूको साझा सङ्गठन गुलजार ए अदबले निरन्तर उर्दु कवि सम्मेलन र अन्य साहित्यिक गतिविधि गर्दै आएको छ। उर्दु भाषा सँगसँगै अन्य सबै भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उर्दु साहित्यकारद्वारा गठन गरिएको संस्थाले गत केही समययता निरन्तर उर्दु कवि सम्मेलन र बहुभाषिक कविगोष्ठीको आयोजना गर्दै आएको छ। 

केही समय पहिलेसम्म कहिलेकाहीँ मात्रै हुँदै आएको कवि सम्मेलन अहिले हरेक साता गरिने गरिएको गुलजार ए अदबका अध्यक्ष तथा वरिष्ठ सायर अब्दुल लतिफ सौकले बताउनुभयो। उहाँले युवापुस्तामा उर्दु सायरीप्रति आकर्षण बढ्दै गएको पाइएकोले आफूहरूले यसलाई निरन्तरता दिइएको बताउनुभयो। निरन्तर सम्मेलनको आयोजना गरिन थालिएपछि अहिले कार्यक्रम हुनुभन्दा पहिले नै एक ‘मिसरा’ दिएर सोही ‘मिसरा’ केन्द्रित भई उर्दु गजल लेख्ने र सुन्ने सुनाउने कार्य भइरहेको उर्दुका युवा सायर जमिल अहमद हासमीले बताउनुभयो।