• १ चैत २०८२, आइतबार

‘बाबुराम आचार्य र नेपालको इतिहास’ विचार गोष्ठी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १ गते । इतिहास शिरोमणि बाबुराम आचार्यको १३९ औँ जन्मजयन्तीको अवसरमा ‘बाबुराम आचार्य र नेपालको इतिहास’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्ष, कमलादीमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

प्राडा सुरेन्द्र केसीको सभापतित्व तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको आतिथ्यमा सम्पन्न कार्यक्रममा प्राडा वीणा पौडेलले ‘बाबुराम आचार्य र नेपालको इतिहास’ विषयमा प्रवचन दिनुभयो । आचार्यले नेपालको इतिहास अनुसन्धान, लेखन तथा दस्ताबेजीकरणमा पु¥याएको अतुलनीय योगदानबारे प्रकाश पार्नुभएको थियो ।

प्राडा दयाराम श्रेष्ठले टिप्पणी प्रस्तुत गर्दै बाबुराम आचार्यले नेपाली इतिहास लेखनको क्षेत्रमा पु¥याएको योगदान र त्यसको समकालीन महìवबारे चर्चा गर्नुभयो । कुलपति राईले इतिहासशिरोमणि आचार्यले नेपाली इतिहासको अध्ययन, अनुसन्धान र दस्ताबेजीकरणमा पु¥याएको योगदान अमूल्य रहेको बताउनुभयो । उहाँले आचार्यका कृतिले नेपाली इतिहासको वास्तविक स्वरूप उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको छ, भन्नुभयो । यसै गरी उहाँले नयाँ पुस्तालाई इतिहास अध्ययनतर्फ प्रेरित गर्न यस्ता कार्यक्रम आवश्यक रहेको धारणा पनि राख्नुभयो ।

सभापति केसीले आचार्य नेपाली इतिहास लेखनका अग्रणी व्यक्तित्व भएको र उहाँका अनुसन्धान र लेखनले नेपालको इतिहासलाई व्यवस्थित गर्न ठुलो योगदान पु¥याएको बताउनुभयो । उहाँले इतिहासको अध्ययनलाई अझ गहिरो र प्रमाणमा आधारित बनाउन आचार्यका कृति आज पनि मार्गदर्शक रहेको धारणा व्यक्त गर्नुभयो । यसै गरी सदस्यसचिव डा. धनप्रसाद सुवेदीले नेपाली इतिहास लेखनका अग्रणी व्यक्तित्वका रूपमा परिचित इतिहासशिरोमणि आचार्यले नेपालको इतिहासको खोज, अध्ययन र अभिलेखीकरणमा पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभयो । सुवेदीले आचार्यको जन्मजयन्तीका अवसरमा आयोजना गरिने यस्ता कार्यक्रमले नयाँ पुस्तामा इतिहासप्रतिको रुचि बढाउने विश्वास व्यक्त गर्नुभयो । 

प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. कौशिला रिसालले इतिहासशिरोमणि आचार्यले नेपालको प्रामाणिक इतिहास लेखनमा उल्लेखनीय योगदान छ, भन्नुभयो ।