• १ वैशाख २०८३, मङ्गलबार

सवारी दुर्घटनामा घाइते प्रहरी निरीक्षक लामाको मृत्यु

blog

काठमाडौ,  वैशाख १ गते ।  ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ३३ वर्षीय अभय लामाको मृत्यु भएको छ ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ घर भएका लामा गत चैत २९ गते ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएको  थियो । लामाको ललितपुर ग्वार्कोस्थित ‘बी एण्ड बी’ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो । रासस