पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ । सरकारी तथ्याङ्क अनुसार डेंगुको सङ्क्रमणबाट अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।
प्रहरी हौं भन्दै नगद लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ३० लाख २३ हजार २०८ रुपियाँ लुटपाट गरेको अभियोगमा तीन जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ८२७ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ११० जनामा कोरोना पुष्टि भएको हो ।
धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी सङ्गठनका केन्द्रीय महासचिवसहितका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ को तिङ्लास्थित साल्मे–सिस्नेरी सडकखण्डमा गएको पहिरोका कारण यात्रा कष्टकर बनेको छ ।
कर्णाली प्रदेश सभाको १० औं अधिवेशन अन्त्य भएको छ । शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभाले दुई वटा विधेयकमाथि राष्ट्रियसभाबाट भएका संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
बागलुङमा डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । पछिल्लो एक महिनाको अवधिमा २६ जनामा डेंगु सङ्क्रमण पुष्टी भएको हो ।
सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी बढाउन सबै राजनीतिक पार्टीहरुलाई आग्रह गर्नु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो धारणा व्यक्त गर्नुभएको हो ।
सडक अतिक्रमण गरेर बनाएका संरचना हटाउन स्थानीय सरकारले धमाधम अभियान थालेका छन् । बुटवल, तिलोत्तमा र सियारीले सूचना नै जारी गरेर संरचना हटाउन आग्रह गरेको हो ।
दार्चुलामा भदौ २४ गते राति बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । घटना भएको आठ दिन बित्दा पनि बेपत्ता भएकाहरु फेला नपरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।
निर्वाचन आयोगले २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको बन्दसूची असोज १ गतेदेखि स्वतः खारेज हुने जनाएको छ । शुक्रवार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म कायम बन्दसूची असोज १ गते मध्यराति १२ बजेदेखि स्वतः खारेज हुने निर्णय भएको जानकारी दिनुभयो ।
उत्पादन बढ्ने भन्दै भित्र्याएको आयातित खुमल –४, जातको धानमा बाला नलागेपछि बैतडी पाटनका किसान चिन्तित बनेका छन् । दशकअघि यहाँका स्थानीय किसानले लगाउँदैआएको रैथाले रातो बासमती, डाँडा बासमती र हिमाली जातको धानको बीउ जोगाउन नसकेकोमा पछुतो मानेका छन् ।
पासपोर्ट र राष्ट्रिय परिचयपत्रको सेवा शुल्क घटाउन र गुणस्तर बढाउन सम्बन्धित साइवर व्याबसायी, सेवा केन्द्रका जिम्मेवार सञ्चालकलाई जिल्ला प्रशाासन कार्यालय धादिङले निर्देशन दिएको छ ।