सरकारले प्रा. डा. गोविन्द केसीले पछिल्लो समयमा उठाएका माग र उहाँको अनशनका सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ ।
युवा चिकित्सक डा. सन्देश पण्डितद्वारा लिखित ‘बेसिक प्रिन्सिपल्स अफ लिभिङ् हन्डरेड’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।
भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारमाथि कारबाही गरेको छ ।
नेपाल अर्बुद रोग निवारण संस्थाले अन्तर्राष्ट्रियस्तरको क्यान्सर डायग्नोष्टिक सेन्टर स्थापना गर्ने भएको छ । संस्थाको ४० औँ वर्षमा प्रवेश गरेको अवसरमा केन्द्रका अध्यक्ष महेश श्रेष्ठले संस्थाले छिटै अन्तर्राष्ट्रियस्तरको क्यान्सर डायग्नोष्टिक सेन्टर स्थापना गर्ने जानकारी दिनुभयो ।
मध्य लण्डनमा शुक्रबार दुई जना प्रहरी अधिकारीमाथि छुरा प्रहार भएको छ । उक्त घटनालाई आतङ्कवादसँग सम्बन्धित नठानिएको महानगरीय प्रहरीले जनाएको छ ।
अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन रहेको पाइएको छ ।
पाकिस्तानमा बाढी पहिरोका कारण थप २२ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षापछिका घटनामा परी पाकिस्तानमा पछिल्लो समय दैनिक धनजनको क्षति भइरहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता अनसनरत डा.गोविन्द केसीको मागप्रति गम्भीर भएको बताउनुभएको छ ।
राजनीतिक प्रतिशोधका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –८ दोर्पाचिउरीडाँडाको वडा कार्यालय एक सातादेखि बन्द रहेको छ । वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार जना वडा सदस्यले गत शुक्रबारदेखि वडाको सेवा बन्द गर्दै वडा कार्यालयमा ताला लगाएका छन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का २ जना केन्द्रीय परिषद सदस्य र लेखा समिति सदस्यसहित ५४ जना नेता कार्यकर्ताले सामुहिक रुपमा पार्टी छोडेका छन् ।
निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको जनाएको छ ।
मधेश प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुघन महतोले मानव अधिकारसँग सम्बन्धित समस्याहरुको समाधानका लागि तीनवटै तहका सरकार जिम्मेबार बन्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाइ गरेको छ । एमालेले प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै आफ्नो पार्टीबाट निर्वाचित सांसदलाई बिदाइ गरेको हो ।
सरकारले असोज १ गते मध्यराति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।