• १३ साउन २०८१, आइतबार

सय बाँचेकाको जीवनशैलीसम्बन्धी पुस्तक सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ३१ गते । युवा चिकित्सक डा. सन्देश पण्डितद्वारा लिखित ‘बेसिक प्रिन्सिपल अफ लिभिङ्  हन्डरेड’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।

विश्वका विभिन्न ठाउँमा एक सय वर्ष बाँचेका मानिस, तिनको खानपिन, रहनसहन, जीवनशैलीलाई पुस्तकमा सविस्तार चर्चा गरिएको छ ।

साथै विभिन्न उपचार पद्धतिलाई सरल तरिकाले बुझाइएको छ भने चर्चित कलाकारलाई रोग लाग्दाको अति नै उपयोगी जानकारीमूलक कुरा पुस्तकमा समेटिएको छ ।

आजको समयमा किन यति धेरै मानिस रोगी हुँदै गएका छन् र त्यसका लागि अपनाउनुपर्ने सचेतनाका बारेमा पुस्तकमा उल्लेख छ । यो पुस्तक पढेपछि मानिसमा स्वास्थ्यप्रति सचेतना र हेर्ने दृष्टिकोण परिवर्तन हुने डा. पण्डितले बताउनुभयो ।

हाम्रा हजुरबुबा, हजुरआमा पुस्ताका मानिस एक सय वर्षबिना कुनै औषधि बाँच्थे तर स्वास्थ्य विज्ञानले यत्रो फड्को मार्दा र अनेकौँ स्वास्थ्य सेवाका विकल्प हुँदा पनि किन हाम्रो पुस्तालाई ६०–७० वर्षसम्म बाँच्न समस्या भइरहेको छ भन्ने कुरालाई पुस्तकमा उल्लेख गरिएको छ । शिखा बुक्सले सो पुस्तक प्रकाशनमा ल्याएको हो ।