• ११ असोज २०८१, शुक्रबार

जसपाका ५४ जना नेता कार्यकर्ताले पार्टी छाडे

blog

फाइल तस्बिर

राधा लुइटेल

फिदिम, भदौ ३१ गते । जनता समाजवादी पार्टी नेपाल (जसपा) का २ जना केन्द्रीय परिषद् सदस्य र लेखा समिति सदस्यसहित ५४ जना नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी छोडेका छन् ।

पार्टी छोड्नहरुमा परिषद् सदस्य मलिसा याक्थुङबा र तिलविक्रम चेम्जोङ, केन्द्रीय लेखा समिति सदस्य डी.एम.आङदेम्बे लगायत छन् । उहाँहरूले सामूहिक रूपमा प्रेस विज्ञप्ति जारी गर्दै पार्टी छाडेको घोषणा गर्नुभएको छ । 

पार्टी नेतृत्वमा स्वेच्छाचारिता हाबी भएको, सङ्गठन निर्माणमा उदासीनता देखाएको र सङ्गठनलाई विसर्जनको बाटोतर्फ लगेको आरोप लगाइएको छ । पार्टी परित्याग गर्नेहरूको सूचीमा पार्टीका केन्द्रीय परिषद् समिति, प्रदेश समिति, लिम्बुवान राज्य समिति सदस्य, जिल्ला र स्थानीय तहका नेता कार्यकर्ता छन् ।

नेपाली राजनीतिमा देखिएको विकृति, विसङ्गति, पहिचान विरोधी हर्कत र असमावेशी चरित्रका विरुद्ध आफूहरू अग्रमोर्चामा लडे पनि नेतृत्वको स्वेच्छाचारिताका कारण पार्टी छाडेको उहाँहरूको भनाइ छ ।