सङ्घीय राजधानी काठमाडौँको छाउनीस्थित राष्ट्रिय मुद्रा सङ्ग्रहालय नेपालको मौद्रिक इतिहास झल्काउने सङ्ग्रहालय हो । यो नेपालको मुद्रासम्बन्धी एक मात्र सङ्ग्रहालय हो । सभ्यता, संस्कृति र इतिहासको विषयमा मुद्राले प्रमाणिक काम गर्छ । यसैले पुराताìिवक एवं ऐतिहासिक महìवका मुद्राहरूको सङ्कलन, संरक्षण एवं संवद्र्धन गरेर सङ्ग्रहालयमा राखिन्छ ।
तनहुँमा शुक्रवार राती भएका दुई छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेश सरकारले दाङको देउखुरी उपत्यकामा प्रदेश राजधानी निर्माणका लागि नेपाल सरकारसँग आवश्यक बजेट माग गर्ने निर्णय गरेको छ। गत वर्ष सङ्घीय सरकारले लुम्बिनी प्रदेश सरकारलाई राजधानीको पूर्वाधार निर्माणका लागि एक अर्ब रुपियाँ प्रदान गरेको थियो। उक्त रकम अपुग भएपछि प्रदेश सरकारले फेरि सङ्घीय सरकारसँग सहयोग माग गरेको हो। मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश राजधानी निर्माणमा बजेटको अभाव हुन नदिन आवश्यक बजेट माग गर्ने निर्णय गरेको हो।
गुल्मीको सत्यवती गाउँपालिका–५, हँसराका ११ वर्षीय रामु बुढाथोकीलाई अभिभावकले हात–खुट्टा बाँधी झोलुङ्गोमा झुन्डाएर राख्ने गरेका छन्। घरको जेठो सन्तान रामुलाई पछ्यौरीले हात–खुट्टा बाँधेर झोलुङ्गोमा राखेका हुन्। विगत सात÷आठ वर्षदेखि मानसिक रोगबाट पीडित रामुलाई उपचार गर्न नसक्दा यसरी बाँधेर राख्नुपरेको अभिभावकले बताए।
लगातारको वर्षाकाकारण राप्ती नदीमा पानीको सतहले खतराको तह पार गरेपछि बाँकेको तटीय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ ।
सिन्धुपाल्चोकको लार्चामा निर्माण भएको तातोपानी सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र एक निजी कम्पनीबीच सम्झौता भएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह व्यवस्थापनका लागि विकास समितिले आह्वान गरेको ग्लोबल टेन्डरमा विराटनगरको ट्रान्स सिल्क टर्मिनल कम्पनी छानिएको जानकारी दिनुभयो । कम्पनीले पाँच वर्षका लागि ११ करोड ७० लाख रुपियाँमा बन्दरगाह व्यवस्थापनको जिम्मा पाएको हो । बोलकबोलमा सहभागी तीन कम्पनीमध्ये ट्रान्स सिल्क टर्मिनलको प्रस्ताव स्वीकृत भएको विकास समितिले जनाएको छ । निजी कम्पनीले बन्दरगाह सञ्चालनको काम असोज १० गतेदेखि थाल्नेछ ।
घरेलु श्रमिकका रूपमा युरोपेली मुलुक जाने व्यक्तिले अबदेखि अनिवार्य रूपमा तालिम लिनुपर्ने भएको छ । घरेलु श्रमिकका रूपमा ती देश जान चाहने व्यक्तिले कम्तीमा ३० कार्यदिनको तालिम लिएको प्रमाणपत्र पेस गरेपछि मात्रै श्रम स्वीकृति दिने बाध्यात्मक व्यवस्था गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिनुुभयो । यस्तो प्रमाणपत्रसँग बायोमेट्रिक हाजिरसमेत पेस गर्नुपर्ने उहाँले बताउनुभयो । साइप्रस, रोमानियालगायतका युरोपेली देशमा नेपा
काठमाडौं, असोज १ गते । बिरामीलाई स्ट्रेचरमा बोकेर स्वास्थ्य चौकी लैजाँदै : बझाङको खप्तडछान्ना गाउँपालिकाको छान्नाबासीले बिरामीलाई स्ट्रेचरमा बोकेर तमैल बजारमा रहेको स्वास्थ्य चौकीमा लैजाँदै । बन्जी पुल र कुश्मा बजारको दृश्य : पर्वत र बागलुङलाई जोडेर निर्माण गरिएको बन्जी पुल । पुल पारी कुश्मा बजारको दृश्य। चर्खामा धागो काढ्दै वृद्धा : पोखरा माटेपानीकी जुनामाया गुरुङ चर्खामा धागो काढ्दैै । पछिल्लो समय ऊनलाई चर्खामा घुमाएर धागो निकाली राडीपाखी र अन्य कपडा बनाउने प्रचलन लोप हुँदै जान थालेको छ । खुलेको आकाश र हरियालीको दृश्य : जयपृथ्वी नगरपालिकाको जोशीगाउँबाट देखिएको पणेश, गोलाइ, बाझगाउँलगायतका स्थानको हरियाली र खुलेको आकाशको दृश्य ।मनै लोभ्याउने रारा ताल : आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको मुगु जिल्लास्थित रारा ताल । नेपालको सबैभन्दा ठुलो यो ताल समुन्द्री सतहबाट २९९० मिटरको उचाइमा, १६७ मिटर गहिराइ, ५ किमी लम्वाइ, ३ किमी चौडाइ र १० दशमलव ८ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ । पर्यटक : मानसरोवर कैलाशको दर्शन गर्न हुम्ला पुगेका पर्यटक सिमकोट लाग्नामा दृश्य अवलोकनका साथै मनोरञ्जन लिँदै । ग्वारखोला पुल : दाङको तुलसीपुरस्थित ग्वारखोलामा कपडादेवी जहदा जोड्ने पुल । पुल निर्माण भएपछि स्थानीयलाई आउजाउमा सहज भएको छ ।ग्राहकको प्रतिक्षामा भाँडा व्यापारी : मोरङको बेलबारी बजारको सडक छेउमा माटाको भाँडा बिक्री गर्न ग्राहकको प्रतीक्षामा बसेका व्यापारी । केराबारी–९, देवी वझोडाका व्यापारी देवनारायण पण्डितले पूर्खेली पेसाको रुपमा यस कामलाई अङ्गालेर घर खर्च टार्दै आएका छन् । याक गोठ : समुद्र सतहदेखि चार हजार २०० को उचाई पर्ने ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—७, ओलाङचुगोलास्थित मौवाटारमा रहेको याक गोठ ।मकै भण्डारण : म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकममा घरको धुरीको टेकोमा झुण्डाएर राखिएको मकैको झोता । ग्रामीण क्षेत्रमा यसैगरी परम्परागतरुपमा मकै भण्डारण गरिन्छ ।मेलम्ची खोला : हेलम्बू गाँउपालिका १ चिउरीखर्कबाट देखिएको मेलम्ची खोला । विक्रीका लागि राखिएको हिमाली जडीबुटी : बेलबारीको सोमबारे बजारमा बिक्रीका लागि राखिएको हिमाली जडीबुटी । विशेष गरी शेर्पा जातीले जडिबुटी विक्री वितरण गर्ने गरेका छन् । तस्बिर : रासस
उत्पादन बढ्ने भन्दै भित्र्याएको आयातित खुमल–४, नामको धानमा बाला नलागेपछि बैतडी पाटनका किसान चिन्तित बनेका छन् । यहाँका लगाउने गरिएको रैथाने रातो बासमती, डाँडा बासमती र हिमाली जातको धानको बीउ जोगाउन नसकेकामा अहिले किसान पछुताइरहेका छन् । दुई दशकअघिदेखि लगाउँदै आएको खुमल–४ को धानमा रोग लागेर बाला झरिरहेको पाटन नगरपालिका–६ का दिनेश विष्टले जानकारी दिनुभयो । १० पाथी बीउ लाग्ने खेतमा खुमल–४ रोप्नुभएका विष्टले धानको बाला सुकेर झर्न थालेको गुनासो गर्नुभयो । धान भित्र्याउने समयमा राम्ररी पुष्ट नभएको बाला पहेँलो भएर झर्न थालेको उहाँको गुनासो छ ।
कोरोना महामारीका कारण फूलको निर्यात उच्च दरमा घटेको छ । महामारीअघि वार्षिक २० करोड रुपियाँसम्मको फूल निर्यात भइरहेकामा अहिले एक करोडभन्दा कममा झरेको व्यवसायीले बताएका छन् । “फूलको आयातमा वृद्धि भइरहेको छ तर निर्यात घटिरहेको छ,” फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का महासचिव विश्वमणि पोखरेलले भन्नुभयो । उहाँका अनुसार आव २०७८÷७९ मा ९८ लाख रुपियाँको मात्र फूल निर्यात भएको छ जब कि त्यसअघि १९ करोडदेखि २० करोड रुपियाँसम्मको फूल निर्यात हुन्थ्यो ।
जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुुवेतका लागि दैनिक उडान सुरु गरेको छ । गत जेठ २ गते विमानस्थल उद्घाटन भएसँगै कुवेत–भैरहवा साताको तीन उडान गर्दै आएको जजिराले शुक्रबारदेखि दैनिक एक उडान सुरु गरेको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रबारदेखि जजिरा एयरवेजले कुवेत–भैरहवाबीच नियमित रूपमा दैनिक एउटा उडान सञ्चालन गरेको बताउनुभयो ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले पूर्व–पश्चिम जोड्ने मुख्य राजमार्गको जीर्ण अवस्थाप्रति चासो लिएको छ। चाडपर्व सुरु भएसँगै मुख्य राजमार्गको अवस्था कमजोर देखिएपछि पालिकाले चासो लिएको हो। पुनर्निर्माण तथा विस्तारका क्रममा रहेको कावासोतीस्थित मुख्य राजमार्गमा ठूलठूला खाल्टाखुल्टीसँगै ढल, धुलो र हिलोको समस्या देखिएकाले समाधानका लागि समाधानको पहल भएको कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो।
मर्दीखोला मुहानको पानी पोखरेली जनताले वर्षौंदेखि पिउँदै आएका छन् तर पनि पर्याप्त छैन। नेपाल खानेपानी संस्थान पोखराका अनुसार दैनिक सात करोड लिटर पानीको माग छ। आपूर्ति भने पाँच करोड लिटर मात्र हुँदै आएको छ। खानेपानी संस्थानका सूचना अधिकारी दिनेश्वरप्रसाद यादवले आपूर्ति असहज भएको ठाउँमा बोरिङको पानी वितरण गरिएको बताउनुभयो। उहाँका अनुसार पोखरामा खानेपानी संस्थानका ४७ हजार ग्राहक छन्। जनसङ्ख्या वृद्धिदर अधिक मात्रामा हुँदा आवश्यक खानेपानीको दीर्घकालीन वैकल्पिक स्रोतको उपभोग गर्न जरुरी रहेको उहाँले सुनाउनुभयो।
विगत छ वर्षबाट स्तरोन्नति थालिएको सडक अलपत्र परेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्। अर्जुनचौपारी–छाप–सल्यान–आग्रीखर्क–पर्वत सडकको ठेकेदार कम्पनी काम सम्पन्न नगरी हिँडेपछि स्थानीय राजकुमार घलेको संयोजकत्वमा सङ्घर्ष समिति गठन भएको छ। २०७३ पुस ११ गते सूर्य सिरुवा वन्दना जेभीले सडक डिभिजन कार्यालय बागलुङसँग १० किलोमिटर सडक स्तरोन्नति गर्ने गरी १० करोड ७१ लाख ६० हजार ७८९ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो।
लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाइराख्न आवधिक निर्वाचन अनिवार्य सर्त हो। जब कुनै पनि बहाना खोजेर निर्वाचन ‘आज नगरौँ पछि गरौँ’ भन्ने प्रपञ्चमा कुनै सरकार लाग्छ, त्यो सरकारमा स्वतः लोकतान्त्रिक आचरणको कमी देखिन्छ। भनिन्छ, प्रजातन्त्रमा जनताले निर्वाचित नगरेका कुनै पनि व्यक्तिले जनतामाथि एक दिन त के एक क्षण पनि शासन गर्न हुँदैन, मिल्दैन। दुनियाँमा विद्यमान लोकतन्त्रको मान्यता पनि यही हो । लोकतन्त्रलाई जीवन भर्न आवश्यक पर्ने तìवमध्ये निर्वाचन सबैभन्दा महTवपूर्ण र अत्यावश्यक हो। अनि आवधिक निर्वाचनलाई निष्पक्ष रूपमा सफल बनाउन सुसूचित नागरिकको सहभागिता पनि त्यत्तिकै आवश्यक छ। निर्वाचन प्रक्रियामा मिडियाको सहभागिता कस्तो र कसरी गराउने ?