• १३ साउन २०८१, आइतबार

दुई सय सतहत्तर जनामा डेङ्गु

blog

तम्घास, भदौ ३१ गते । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले साउन र भदौ महिनामा २७७ जनामा डेङ्गु र ११९ जनामा स्क्राब टाइफस देखिएको जनाएको छ।

सत्यवती गाउँपालिकामा ११२, छत्रकोट गाउँपालिकामा १११, रेसुङ्गा नगरपालिकामा ४७, मुसिकोट नगरपालिकामा तीन, रुरुक्षेत्र गाउँपालिकामा १४, गुल्मी दरबार गाउँपालिकामा एकजना गरी २७७ जनामा डेङ्गु देखिएको हो। 

स्वास्थ्य कार्यालय प्राविधिक निरीक्षक सुमन सापकोटाका अनुसार, ११९ जना स्क्रब टाइफसका बिरामीहरू रहेका छन्। जसअनुसार सत्यवतीमा ६२, रेसुङ्गामा ३२, छत्रकोटमा २५ र रुरुक्षेत्रमा ११ जनामा सङ्क्रमण पुष्टि भएको छ।