फुलहाम र एस्टन भिल्लाले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । शुक्रबार राति भएको खेलमा फुलहामले नटिङघम फरेस्टलाई उसैको मैदानमा ३–२ गोलले हरायो । अर्को खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० गोलले स्तब्ध बनायो ।
'भन कति माया गर्छौ मलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। उत्तमजंग लिम्बु र दीपा लामाको स्वर रहेको गीतको भिडियोको निर्देशन कुशल श्रेष्ठले गर्नुभएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ७४० जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना पुष्टि भएको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन सरकार र त्यत्तिबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका असंवैधानिक कदमलाई सच्याउने उद्देश्यले गठबन्धन बनेको बताउनुएको छ।
सन्तती स्नेह एवम् उत्सर्गको पवित्र पर्व जीतिया सुरु भएको छ । मधेश तराईका आमाहरुले आफ्ना सन्तानको सुरक्षा, दीर्घायु र प्रगतिका लागि २४ घन्टाभन्दा बढी समय निराहार व्रत बसेर यो पर्व मनाउने परम्परा छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन बेलाइतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन बेलाइत प्रस्थान गर्दै हुनुहुन्छ ।
काठमाडौं महानगर पालिका १५ स्थित डल्लु आवास क्षेत्रमा बहुउद्देश्यीय कभर्ड हल बन्ने भएको छ । भुकम्प स्मृति बहुउद्देश्यीय कभर्डहलको शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले शिलन्यास गर्नुभयो ।
नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले हासिल गरेको छ । राष्ट्रिय खेलकुद अन्तर्गत शुक्रबार भएको ३४औं राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा विभागिय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई आठ विकेटले हराउँदै पुलिसले स्वर्ण जितेको हो ।
सरसफाइ अभियन्ता प्रकाश अमात्यको हृदयघातका कारण निधन भएको छ । हृदयघातपछि उपचारको लागि मेडिसिटी अस्पताल लगिएको अमात्यको उपचारकै क्रममा शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
झापाको दमक –७, बजारमा रहेको अतिक्रमित टहरा हटाएपछि खाली रहेको जमिनमा करिब ७० करोड रुपियाँको लगानीमा सुविधा सम्पन्न आधुनिक ‘दमक सपिङ कम्प्लेक्स’ बन्ने भएको छ । बर्षौदेखिको निरन्तर प्रयासमा एक बर्षअघि दमक नगरपालिकाले बल प्रयोग गरेर नगरपालिकाको स्वामित्वमा रहेको जग्गाको अतिक्रमण हटाएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले परमादेशबाट संसद् पुनर्स्थापना गरेर न्याय गरेको बताउनुभएको छ।
काठमाडौं महानगरपालिका प्रमुख वालेन्द्र साहले परिवर्तित परिवेशअनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरेर महानगरले गरेका कामलाई स्रोतामा पुर्याउने दायित्वलाई सञ्चारले पूरा गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले गृहजिल्ला अछामको विभिन्न स्थानमा पहिरोको चपेटामा परेकालाई तत्काल राहत तथा उद्धारको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले कानुनको कार्यान्वयन गरे/नगरेको निगरानी गर्ने दायित्व सांसदहरुको भएको बताउनुभएको छ ।
सुदूरपश्चिममा भइरहेको अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले कैलालीको भजनी नगरपालिकामा साढे ६ सय घर डुवानमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भजनी नगरपालिकाको वडा ५, ७, ८ मा विभिन्न गाउँका करिब ६६० घर डुवानमा परेका हुन् ।