शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, असोज १ गते। 'भन कति माया गर्छौ मलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। उत्तमजंग लिम्बु र दीपा लामाको स्वर रहेको गीतको भिडियोको निर्देशन कुशल श्रेष्ठले गर्नुभएको हो।
भिडियोमा प्रेमलाई देखाउन खोजिएको छ। म्युजिक भिडियोमा पदम गुरुङ र रिया पुन गुरुङले अभिनय गर्नुभएको छ। बेलायतका रमणीय दृश्य सँगै भिडियोमा प्रेमलाई समेटिएको छ।
निर्देशक श्रेष्ठले सम्पादन गर्नुभएको गीतका शब्द विनोद गुरुङका हुन्। उत्तमजंग लिम्बुले सङ्गीत भर्नुभएको गीतको एरेन्ज सञ्जय शाहले गर्नुभएको हो। दीपीका श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोमा विकास धमलाले कलर भर्नुभएको छ। भिडियोको छायाङ्कन गहेन्द्र शाक्यले गर्नुभएको छ।