तराई मधेशका महिलाले मनाउने पर्व जितीया पर्वको दोस्रो दिन शनिबार व्रतालुहरुले उपवास बसी जितवाहनको पूजागरी कथा श्रवण गरेका छन् । शुक्रबारदेखि नहाय खायबाट सुरु भएको जितीया पर्वको दोस्रो दिन जितीया व्रतको कथा सुनेर जितीया मनाएका हुन् । जितीयाको तेस्रो दिन आइतवार साँझ ५ वजेतिर सम्पन्न हुनेछ ।
सोलुखुम्बुको थुलङदूधकोशी गाउँपालिका –६ मुक्लीमा दूधकोशी सामुदायिक अस्पताल तयार भएको छ । दुगर्म गाउँपालिकामा श्रीमद् भागवत महायज्ञ लगाएर स्वदेश तथा विदेशमा रहने ब्यक्तिबाट रकम सङ्कलन गरी सुविधा सम्पन्न ५० शैयाको अस्पताल निर्माण गरिएको हो ।
गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सुदूरपश्चिम प्रदेशको धनगढी रंगशालामा शनिबार प्रदर्शन गरिएको छ ।
राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सहकारीको माध्यमबाट मात्रै मुलुकको समग्र अर्थतन्त्रको विकाश सम्भव भएको बताउनुभएको छ ।
अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएर आएको बाढी बाँकेको डुडुवाका विभिन्न क्षेत्रमा पसेको छ। सो क्रममा सधैं बाढीको जोखिम रहँदै आएको डुडुवा १ कृषि चौफेरी र पाँझा गाउँमा पानी पस्दा स्थानीय त्रसित बनेका छन्।
काठमाडौं, असोज १ गते । फिल्म 'अन्तिम संस्कार'को छायाङ्कन सुरु भएको छ । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ मुहूर्त गरेर छायाङ्कन सुरु गरिएको हो ।सांस्कृतिक तथा सामाजिक कथा वस्तु समेटिएको फिल्मको छायाङ्कन गर्न कलाकार विजय लामासहितको टिम मुस्ताङ पुगेका हुन्। फिल्म युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायाङ्कन सकेर बाँकी छायाङ्कन काठमाडौंमा गर्नेछ । विनोद सुवेदीको निर्माणमा बन्ने फिल्मको निर्देशन प्रदीप शाहीले गर्नेछन् । फिल्ममा कलाकार विजय लामासहित दीया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, शारदा गिरी, त्रिचु राई, सश्मिता गिरी र दिग्गज खत्रीलगायतको अभिनय रहनेछ ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संसदले दोहो¥याएर पारित गरेको नागरिकता सम्बन्धी विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गर्नुको विकल्प नरहेको बताउनु भएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जित्ने खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भूमिसम्वन्धी अधिकार सङ्घीय सरकारसँग भएकाले मुक्त कमैया, कम्लहरी, मुक्त हलिया र भूमिहीनका पक्षमा धेरै काम गर्न नसकेको बताउनुभएको छ ।
फुलहाम र एस्टन भिल्लाले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । शुक्रबार राति भएको खेलमा फुलहामले नटिङघम फरेस्टलाई उसैको मैदानमा ३–२ गोलले हरायो । अर्को खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० गोलले स्तब्ध बनायो ।
फुलहाम र एस्टन भिल्लाले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । शुक्रबार राति भएको खेलमा फुलहामले नटिङघम फरेस्टलाई उसैको मैदानमा ३–२ गोलले हरायो । अर्को खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० गोलले स्तब्ध बनायो ।
'भन कति माया गर्छौ मलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। उत्तमजंग लिम्बु र दीपा लामाको स्वर रहेको गीतको भिडियोको निर्देशन कुशल श्रेष्ठले गर्नुभएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ७४० जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना पुष्टि भएको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन सरकार र त्यत्तिबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका असंवैधानिक कदमलाई सच्याउने उद्देश्यले गठबन्धन बनेको बताउनुएको छ।
सन्तती स्नेह एवम् उत्सर्गको पवित्र पर्व जीतिया सुरु भएको छ । मधेश तराईका आमाहरुले आफ्ना सन्तानको सुरक्षा, दीर्घायु र प्रगतिका लागि २४ घन्टाभन्दा बढी समय निराहार व्रत बसेर यो पर्व मनाउने परम्परा छ ।