धौलागिरि गाउँपालिका–१, गुर्जावासीलाई लालपुर्जा बनाउन निकै समस्या छ। भौगोलिक रूपमा विकट गुर्जाका स्थानीय सदरमुकाम बेनी आएर लालपुर्जा बनाउन सक्दैनन्। बेनी आएर लालपुर्जा बनाएर फर्किंदा कम्तीमा २० देखि २५ हजार रुपियाँसम्म खर्च हुन्छ। अंशबन्डा, नामसारी र कित्ताकाटलगायत गुर्जावासीका वर्षौंदेखिका समस्या यथावत् छन्।
विश्वबाटै लोप हुँदै गरेको चरा ‘खर मजुर’ पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज र यसवरपरका वन क्षेत्रमा देखिन छाडेको छ । चराका क्षेत्रमा क्रियाशील संस्था बर्ड कन्जरभेसन नेपालले पछिल्लो पटक गरेको सर्वेक्षणले निकुञ्ज र यसवरपरका वन क्षेत्रमा ‘खर मजुर’ लोप हुँदै गरेको देखाउँछ । बर्ड कन्जरभेसन नेपालकी इसिना थापा पछिल्लो गणनामा चितवनमा ‘खर मजुर’ मुस्किलले एकचोटि क्यामरा ट्र्यापिङमा परेको बताउनुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान वर्गीकरण गरी परिचयपत्र वितरणको गृहकार्य सुरु गरेको छ । हालसम्म सूचीकृत भइसकेका सात लाख ६५ हजार किसानलाई वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने गृहकार्य सुरु भएको कृषि मन्त्रालयका उपसचिव तथा किसान सूचीकरण कार्यक्रमका प्रमुख शिवनन्दन साहले जानकारी दिनुभयो । दशैँपछि किसान वर्गीकरणको कामलाई अगाडि बढाउने गरी गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।
कर्णाली प्रदेशमा पहिलो पटक पशुमा खोरेत रोगविरुद्धको खोप अभियान सुरु गरिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले रुकुमपश्चिमबाट पशुमा लाग्ने खोरेत रोगविरुद्ध खोप अभियान सुरु गरेको हो ।
संविधान सभाले सात वर्षअघि निर्माण गरेको नेपालको संविधानअनुसार निर्वाचित पहिलो प्रतिनिधि सभाको गए मध्यरातबाट कार्यकाल पूरा भएको छ। बीचमा अनेक अवरोध आए पनि यो पूर्ण कार्यकाल हो। पाँच वर्षअघि २०७४ सालमा भएको निर्वाचनले स्थापना गरेको प्रतिनिधि सभा आगामी मङ्सिर ४ गते नयाँ निर्वाचनको सुखद सन्देश दिँदै बिदा भएको हो। लोकतान्त्रिक व्यवस्थामा आवधिक निर्वाचनले नै ताजा जनादेश दिन्छ र त्यसैअनुसार विधायिकाले आफ्नो कार्यकाल पूरा गर्छ। विगतको विधायिकामा राजनीतिक दल, सांसद र कार्यकारीमा पुगेको दल तथा व्यक्तिहरूको भूमिकाको सबै हिसाबकिताब भने ताजा जनादेशले नै गर्नेछ।
संसारभर सबैकी प्रिय र अत्यन्त सम्मानित बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधन ९६ वर्षको उमेरमा गत भदौ २३ गते बालमोरल दरबार, स्कटल्यान्डमा भयो। सत्तरी वर्षभन्दा बढी बेलायतमा शासन गर्नुभएकी महारानी एलिजाबेथ द्वितीयाको राजकीय सम्मानका साथ अन्त्येष्टि आगामी सोमबार लन्डनस्थित वेस्टमिन्सटर एव्वे (चर्च)मा गरिने भएको छ। सो अन्त्येष्टि समारोहमा संसारभरका राजा, महाराजा, राष्ट्रप्रमुख तथा सरकारप्रमुखका साथै विभिन्न देशका ५०० भन्दा बढी प्रतिनिधि उपस्थित हुनुहुने भएको छ। नेपालबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालको प्रतिनिधित्व गर्दै अन्त्येष्टि समारोहमा उपस्थित हुनुहुने भएको छ।
विकास सर्वाधिक प्रचलित र लोकप्रिय अवधारणा हो। जुन मानव सभ्यताको सुरुवातको चरणदेखि नै निरन्तर चल्दै आएको मानवीय तथा सामाजिक प्रक्रिया हो। विकाससम्बन्धी धारणा आफैँमा व्यापक, विवादित र जटिल पनि हो। विकासको अर्थ के हो ? यसका आफ्नै अर्थ, व्याख्या र धारणा हुने गरेका छन्। नेपालमा विकाससम्बन्धी अवधारणालाई अनेकौँ अर्थमा अथ्र्याइयो, बुझाइयो र बुझियो। खासमा विकासलाई ठूला भवन, चिल्ला सडक, पक्की पुल तथा सहरीकरणका अनेकौँ पक्षलाई सीमित गरेर भनियो र बुझियो। अब चुनावी नारा, घोषणापत्र तथा राजनीतिक नेताहरूद्वारा फैलाइने विकासको भ्रमले विकासलाई गाउँमा खनिने धुले सडक र खोलामा हालिने पक्की पुल जस्ता पक्षलाई मात्र बढी भनियो, बुझियो। त्यति मात्र हो
तीन दिनदेखिको अविरल वर्षाका कारण शनिवार राति अछामका चार स्थानमा घर भत्किएर २१ जनाको मृत्यु भएको छ । भने दुई जना पहिरोमा बेपत्ता भएका छन् । वेपत्ताको खोजी तथा राहत वितरण र थप पीडित स्थानीयको उद्धारको काम सुरु गरेको जनाएको छ ।
आज नेपाली राजनीतिका एक अद्भुत व्यक्तित्व राजनेता गणेशमान सिंहको २५औँ स्मृति दिवस। अर्र्थात् नेपालको प्रजातान्त्रिक आन्दोलनका लौहपुरुष गणेशमान सिंहले यो धर्ती छाडेर गएको दिन, २ असोज। २५ वर्षअगाडि आजैका दिन एकाबिहानै नेपाली प्रजातान्त्रिक आन्दोलनका महानायक, ०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको निधनको दुःखद खबर सुन्नासाथ दौडेर चाक्सीबारी, क्षेत्रपाटीस्थित सिंह निवास पुगेको हिजैजस्तो लाग्छ। शोकमा डुबेका हजारौँ कांग्रेसजनसँगै आमनागरिकका साथ शोक¥यालीमा नगरको परिक्रमा गर्दै शोभा भगवती पुगेर उहाँलाई अन्तिम बिदाइ गर्दै भारी मन लिएर साँझ घर फर्केको त्यो दिन, आज अढाई दशक बितेको जस्तै लाग्दैन। “माने.... मैले ०४६ मा ल्याएको प्रजातन्त्र खोइ ? बीपीका साथमा
संविधान मुलुकको विधि व्यवस्था नियमन गर्न बनाइएको मूल कानुन हो। संविधान बिहान–बिहान ढोग्दै पढेर पूजाकोठामा थन्क्याउन बनाइएको धार्मिक ग्रन्थ होइन। संविधान पुस्तकालयको दराजमा थन्क्याएर किताबको सङ्ख्या बढाउन छापिएको पुस्तक पनि होइन। संविधानका धाराहरू परीक्षामा घोकेर लेख्नका लागि मात्र बनाइएका पनि होइनन्। संविधानमा व्यवस्था गरिएका विधिविधान विदेशीलाई देखाउनका लागि मात्र राखिएका पनि होइनन्। संविधान त जनताका नैसर्गिक अधिकारहरू निर्धारण गरिएको मूल दस्तावेज हो। संविधान आमनागरिक
बाँकेका गाउँबस्तीमा सञ्चालित होमस्टे (घरबास)ले आन्तरिक पर्यटकसँगै विदेशी पर्यटकलाई समेत आकर्षित गरिरहेका छन् । शान्त वातावरण र ग्रामीण परिवेशसँगै स्थानीय परिकारले फरकपन दिने गरेकाले यहाँका होमस्टेमा पाहुना आकर्षित भएका हुन् । पाहुना बढ्न थालेसँगै होमस्टेका सङ्ख्या पनि बढिरहेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो ।
सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकको शव ल्याउन तथा अलपत्र र बिरामी भएका श्रमिकको उद्धारका लागि दुई अर्बभन्दा बढी रकम खर्च गरेको छ । वैदेशिक रोजगार बोर्डले शव ल्याउन, अङ्गभङ्ग भएका बिरामी ल्याउन र अलपत्र श्रमिकलाई स्वदेश ल्याउन वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट दुई अर्ब एक लाख रुपियाँ खर्च गरेको हो । बोर्डले साउदी अरब, कतार संयुक्त अरब इमिरेटस् (यूएई) मलेसिया, कुवेत, ओमन र बहराइनमा अलपत्र ३२ वटा शव नेपाल ल्याउन एक करोड छ लाख रुपियाँ खर्च भएको जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बजार मूल्य नियन्त्रण गर्न सुपथ मूल्य पसल सञ्चालन गरिएको बताउनुुभयो । थापाथलीस्थित खाद्य कम्पनीको प्रादेशिक कार्यालयमा आयोजित कार्यक्रममा शनिबार सुपथ मूल्य पसल उद्घाटन गर्दै मन्त्री बडूले चाडपर्वमा किनमेल बढी हुने हुँदा मूल्य नियन्त्रण गर्न सुपथ मूल्य पसल सञ्चालन गरिएको बताउनुभएको हो ।
अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालतमा आज सुनुवाइ हुने भएको छ । भदौ १५ सुनुवाइ हुने भनिए पनि असोज २ गतेको लागि पेशी सरेकोले आज सुनुवाइ हुने भएको हो ।
दशैँका लागि सङ्घीय राजधानी काठमाडौँबाट घर फर्किन टिकट बुकिङ खुलेको पहिलो दिन करिब सात हजार यात्रुले अग्रिम टिकट लिएका छन्। कोभिडपछिको उत्साहजनक हुने देखिएको दशैँमा यात्रुको चापलाई आधार मानेर यातायात व्यवसायीहरूले गन्तव्यअनुसार नियमित रुटबाहेक थप सवारीसाधनको व्यवस्था गर्ने भएका छन्।