आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना गर्न लागिएको म्यादी प्रहरीमा युवाको व्यापक ‘क्रेज’ देखिएको छ। आवेदन खुलेको बिहीबार पहिलो दिन नै मधेश प्रदेशमा आठ हजारभन्दा बढीको आवेदन परेको छ। जनकपुरस्थित मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशको आठ जिल्लाबाट दुई हजार २९७ महिलासहित आठ हजार ४१३ जनाको आवेदन परेको हो। सबैभन्दा बढी सप्तरी जिल्लाबाट ४३५ महिलासहित एक हजार ६०३ जनाको आवेदन परेको छ। पर्सा जिल्लाबाट सबैभन्दा कम २२९ महिलासहित ६९२ जनाको मात्र आवेदन आएको छ। त्यस्तै महोत्तरीबाट २६० महिलासहित ७८५ जनाको आवदेन परेको जनाएको छ।
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले आफू शिक्षामन्त्री हुँदा कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटेर तयार पारिएको पाठ्यक्रम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेको दाबी गर्नुभएको छ। धनुषाको ढल्केबरमा शहीद गणेशबहादुर जर्घामगरको १९औँ स्मृति दिवस तथा स्वास्थ्यकर्मी रामकुमार महतोद्वारा लिखित संस्मरणात्मक पुस्तक सार्वजनिक गर्दै उहाँले शिक्षा मन्त्रालयले कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटेर तयार पारेको पाठ्यक्रम तत्कालीन प्रधानमन्त्री ओलीले रोकेको दाबी गर्नुभएको हो।
विद्युतीय सवारीसाधनको प्रयोग र प्रवद्र्धनमा जोड दिँदै आएको नेपाल विद्युत् प्राधिकरणले बर्दिबासमा चार्जिङ स्टेसन स्थापना गर्न लागेको छ। प्राधिकरण र नेपाल प्रहरीबीच भएको सम्झौताअन्तर्गत इलाका प्रहरी कार्यालय बर्दिबासको परिसरमा निर्माण कार्य सुरु भएको हो। यसका लागि बर्दिबास प्रहरीले आवश्यक जग्गा उपलब्ध गराएको छ भने ठेकेदार कम्पनीले चार्जिङ मेसिन, ट्रान्सफर्मर, पोललगायतका आवश्यक सामग्रीसमेत निर्माण स्थलमा पु¥याएका छन्। सेवा पनि छिट्टै सुरू हुने जनाइएको छ। चाइनिज ठेकेदार ‘वाङ बान डिजिटल इनर्जी कम्पनी’ र नेपाल विद्युत् प्राधिकरणबीच मुलुकका ५१ ठाउँमा चार्जिङ स्टेसन स्थापना गर्ने सम्झौताअन्तर्गत बर्दिबासमा पनि निर्माण हुन लागेको हो। चिनिया ठेकेदार कम्पनीका नेपालस्थित प्रतिनिधि ‘दीगो’का प्रोजेक्ट म्यानेजर शिव
कर्णाली प्रदेशका सात जिल्लाका ३४७ सामुदायिक विद्यालयमध्ये कुनैको पनि शैक्षिक गुणस्तर अब्बल छैन। कर्णालीका माध्यमिक विद्यालयको शैक्षिक अवस्थाबारे गरिएको एक अध्ययनले यस्तो निष्कर्ष प्रस्तुत गरेको हो। कर्णालीमा १२ वटा माध्यमिक विद्यालय मात्रै मध्यमस्तरका देखिएका छन्। शैक्षिक गुणस्तर परीक्षण केन्द्रका विज्ञ टोलीले गरेको स्थलगत अध्ययनले यस्तो निष्कर्ष दिएको हो।
जिल्ला सदरमुकामस्थित नमुना त्रिभुवन माध्यमिक विद्यालयमा एउटै कक्षामा ७५ जनासम्म विद्यार्थी राखेर पढाइने गरिएको छ। सदरमुकामकै नमुना भनिएको विद्यालयको यो हालत छ भने ग्रामीण जिल्लाका विद्यालयको अवस्था कस्तो होला ? कक्षा ७ कक्षामा अध्ययनरत छात्रा बिनु विकले भन्नुभयो, “एउटै बेन्चमा धेरै विद्यार्थी कोचिएर बस्नुपर्दा हैरान छौँ। बेन्च थोरै र कक्षाकोठा साँघुरो हुँदा पठनपाठन समेत प्रभावित भएको छ।”
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा विद्यालय सुधार तथा कम्प्युटर ल्याब स्थापनाका लागि विद्यालय छनोट गरिएको छ। बैतडी समाचारदाता अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा बैतडीका ५८ वटा विद्यालय छनोट भएका छन्। स्थानीय तहको सिफारिसमा छनोट भएका कतिपय विद्यालयले यसअघि प्रदेश सरकार र स्थानीय तहबाट समेत योजना पाएका विद्यालयले पनि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्राप्त गरेका छन्।
aपाँच दशकअघि कवि मञ्जुलले लेख्नुभएको शब्दलाई नेपथ्य ब्यान्डले गीतको स्वरूप दिएको छ। २०२४ सालमा प्रकाशित मञ्जुलको कवितासङ्ग्रहमा सङ्गृहीत ‘साइँली मोरी...’लाई नेपथ्यले गीत बनाएर शुक्रबार आफ्नो आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरेको छ। गीतमा अमृत गुरुङको आवाज र सङगीत रहेको छ भने ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनुभएको छ। ‘सम्झनाका पाइलाका डोबहरू’ पछ्याउँदै हिँड्दा गायक अमृत गुरुङले रामेछाम, ओखलढुङ्गा हुँदै खोटाङ पदयात्रा गर्दा बाटोमा एक नवविवाहित जोडीलाई भेटेपछि यो गीत फुरेको बताउनुभयो।
नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक सङ्घले कांग्रेसको चुनावगीत ‘मङ्सिर ४...’ निर्माण गरेको छ। शनिबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा एक कार्यक्रमबीच प्रमुख अतिथि खानेपानीमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले गीत सार्वजनिक गर्नुभएको हो। कार्यक्रममा मन्त्री चौधरीले मङ्सिर ४ को निर्वाचनलाई लक्षित गर्दै नेपाली सांस्कृतिक सङ्घले जुन गीत ल्याएको छ, त्यसले नेपाली कांग्रेसलाई जिताउन र जनतामा भिजाउन उल्लेखनीय भूमिका खेल्ने बताउनुभयो। “हरेक जनताले कांग्रेसको सन्देश बुझ्ने गरेर गीत निर्माण भएको छ। यो गीत मैले विमोचन गर्न पाएँ। मेरो लागि योभन्दा
वरिष्ठ पत्रकार देवेन्द्र गौतमकोआज बिहान ७७ वर्षको उमेरमा देहान्त भएको छ । उहाँ बी एण्ड बी अस्पतालको भेन्टिलेटरमा उपचाररत हुनुहुन्थ्यो ।
दाङको लमही नगरपालिकाअन्तर्गत लमही बजारमा पर्ने भौतिक संरचनाको मुआब्जा बुझेको वर्षौं बित्दासमेत ती संचरनाहरू हटाइएको छैन। लमही कोइलावास हुलाकी सडक निर्माणको समयमा लमही बजारदेखि कोलहीसम्मको सडकमा पर्ने भौतिक संरचनका लागि मुआब्जा वितरण भएको लामो समय बितेको छ। मुआब्जा पाएकाहरूले सडक विस्तार हुने आशामा थप संरचना बनाएका छैनन्।
सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड सिद्धबाबा क्षेत्रमा यात्रुका लागि सधैँको समस्या बनेको छ। बेलहीयादेखि पोखरासम्म १८१ किलोमिटर सडक भए पनि पाल्पा–बुटवल खण्डको ४१ किलोमिटर सडकमा निर्बाध यात्रा गर्न समस्या बनेको छ। सडकमाथिबाट बारम्बार खस्ने पहिरोका कारण सडक अवरुद्ध बनेर यो सडक भएर यात्रा गर्ने यात्रुले सधैँ सास्ती पाएका छन्। पाल्पा–बुटवल खण्डको तिनाउ गाउँपालिका खण्डमा पर्ने सडकमा सबैभन्दा बढी समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
कास्कीमा ५३ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। डेङ्गुको सङ्क्रमण दर दिनानुदिन बढ्दै गएपछि यसको नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले विभिन्न कार्यक्रम अघि सारेको छ। डेङ्गु हुने मुख्य कारण भनेकै लामखुट्टेको टोकाइ भएकाले सरसफाइमा ध्यान दिन प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ। डेङ्गु रोग तीव्र गतिमा फैलिरहेका बेला पोखरा महानगरपालिकामा यसविरुद्धको सचेतना अभियान सुरु गरेको छ।
धौलागिरि गाउँपालिका–१, गुर्जावासीलाई लालपुर्जा बनाउन निकै समस्या छ। भौगोलिक रूपमा विकट गुर्जाका स्थानीय सदरमुकाम बेनी आएर लालपुर्जा बनाउन सक्दैनन्। बेनी आएर लालपुर्जा बनाएर फर्किंदा कम्तीमा २० देखि २५ हजार रुपियाँसम्म खर्च हुन्छ। अंशबन्डा, नामसारी र कित्ताकाटलगायत गुर्जावासीका वर्षौंदेखिका समस्या यथावत् छन्।