पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
सीमापारीबाट हुँदै आएको तस्करी र अवैध आयात रोक्न प्रहरी प्रशासन कडा रुपमा प्रस्तुत भए पनि तस्करी रोकिएको छैन।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ ।
अभिनेता पल शाहको मुद्दा सुनुवाइ स्थगित भएको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दामा यसअघि १५ भदौमा सुनुवाइ हुने भनिएको थियो ।
दुुई वटा गाउँपालिकाका लागि बिधुत सेवा आपूर्ति गर्दैआएको हिल्दुम बिधुत बितरण केन्द्रले पाँचौ दिनमा बन्द भएको बिधुुत आपुुर्ति कार्य सुचारु गरेको छ । बर्षाका कारण नहरको मर्मत कार्य नहुुने भएपछि बन्द गरिएको बिधुत आपूर्ति सुचारु गरिएको हो ।
शेरबहादुर सार्कीबाजुरा, असोज २ गते । पहिरोका कारण चार महिनादेखि अवरुद्ध बनेको जिल्लाको साँफे–मार्तडी सडक अझै सञ्चालनमा आउन सकेको छैन। सो सडक सञ्चालन नआउँदा बाजुराका स्थानीयलाई दशैं तिहारको समयमा दैनिक उपभोग्य खाद्यान्न सामग्री ढुवानी गर्न समस्या भएको छ।सडक डिभिजन कार्यालय अछामका अनुसार, अम्कोट बल्दे सडकलाई स्थानीय प्रयासमा सञ्चालन गर्न नसकेपछि अस्थायीले सञ्चालनको पहल गर्न माग गरेका छन्। स्थानीयले सडक खुलाउन गरेको प्रयासलाई लगातारको वर्षाले अवरोध गरेको छ। सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले, अम्कोट बल्दे सडकलाई भदौमै सञ्चालनमा ल्याउने गरी काम सुरु गरेको भए पनि फेरि पानी परेपछि अहिले त्यो ठाउँमा काम गर्न समस्या भएको बताउनुभयो।जिल्लाका बडिमालिका, गौमुल, बूढीनन्दा, स्वाकार्तिक, जगनाथ, हिमाली लगायतका व्यापारीको दशैं तिहारमा व्यापार व्यवसाय गर्ने सुनौलो असर हो। दशैं तिहारलाई मध्यनजर गर्दै सुदूरपश्चिमको मुख्य व्यापारी सहर धनगढीबाट लत्ताकपडा जुत्ता चप्पल, लगायतका दैनिक उपभोग्य नुनु, तेल, दाल चामल जस्ता खाद्यान्न सामाग्रीलाई बाजुरा भित्र्याउने गर्दछन्।विभिन्न वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सुरु गरेका अधिकांश व्यापारीलाई किस्तामा ल्याएको ऋण तिर्न समस्या पर्न थालेको छ। गैरी बजारका होटेल व्यवसायी प्रेम बुढाले, यहाँका व्यापारी दशैंका बेला धेरै सामान ल्याउने गर्दछन्। तर, सडक अवरुद्ध हुँदा व्यवसाय सङ्कटमा परेको उनीहरूको भनाइ छ। अवरुद्ध सडक खुलाउन जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन साँफेबगर अछामलाई पत्र पठाएसँगै काम सुरु गरेको थियो। तर, पहिरोका कारण एक्स्काभेटर बाटो खोल्न सकेको छैन। जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले डिभिजन कार्यालय अछामले, अवरुद्ध सडक सुचारु गर्न विगत लामो समयदेखि डोजरको प्रयोग गर्दै आए पनि वर्षाका कारण समस्या भएको बताउनुभयो।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बैतडीमा एक हजार म्यादी प्रहरीको माग भएपछि भर्ना हुनेको भीड लागेको छ । निर्वाचन सुरक्षाका लागि बैतडीमा एक हजार ५१ जना म्यादी प्रहरी भर्ना गरिने बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
नेपालगञ्जपछि पछिल्लो समय कोहलपुर क्षेत्रमा लागु औषध कारोबारमा वृद्धि भएको देखिएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले लागु औषधको कारोबार र ओसारपसार तथा सेवनमा संलग्नलाई पक्राउ गरिरहेको छ । प्रहरीको पछिल्लो तथ्याङ्कले नेपालगञ्जसँगै कोहलपुरमा समेत लागु औषध कारोबारमा बृद्धि भएको देखखएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले समानुपातिक उम्मेदवारको बन्दसूची आइतबार निर्वाचन आयोगलाई बुझाउने भएको छ।
रुपन्देहीको सियारी गाउँपालिका स्थित छपियामा प्रदेशस्तरीय विज्ञान सङ्ग्रहालय निर्माण हुनेभएको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा छपियास्थित पब्लिक माध्यमिक विद्यालयमा प्रदेशस्तरीय विज्ञान संग्रहालय निर्माण हुन लागेको हो ।
निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि नवलपुरमा ११३ वटा मतदान स्थल र ३०२ वटा मतदान केन्द्र कायम गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उप–सचिव प्रमोद नेपालले भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
डेंगु रोकथाम तथा नियन्त्रणका लागि धादिङमा हरेक शनिवार १० बजे १० मिनेट कार्यक्रम सुरुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङको अगुवाइमा शनिबारबाट शुरु भएको कार्यक्रम हरेक साताको शनिवार सोही समयमा डेंगु फैलाउने लामखुट्टेको खाजी गर्ने र नष्ट गर्ने रहेको स्वास्थ्य कार्यालय धादिङका प्रमुख सागरप्रसाद घिमिरेले बताउनुभयो ।
दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा यात्रुवाहक बस पल्टिँदा २७ जनाको मृत्यु भएको तथा २० जना घाइते भएका छन् ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको जीविकोपार्जनलाई सहज गर्नका लागि आर्थिक क्रान्ति आवश्यक रहेको बताउनुभएको छ ।