• १३ साउन २०८१, आइतबार

चार महिनादेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएन

blog

शेरबहादुर सार्की

बाजुरा, असोज २ गते । पहिरोका कारण चार महिनादेखि अवरुद्ध बनेको जिल्लाको साँफे–मार्तडी सडक अझै सञ्चालनमा आउन सकेको छैन। सो सडक सञ्चालन नआउँदा बाजुराका स्थानीयलाई दशैं तिहारको समयमा दैनिक उपभोग्य खाद्यान्न सामग्री ढुवानी गर्न समस्या भएको छ।

सडक डिभिजन कार्यालय अछामका अनुसार, अम्कोट बल्दे सडकलाई स्थानीय प्रयासमा सञ्चालन गर्न नसकेपछि अस्थायीले  सञ्चालनको पहल गर्न माग गरेका छन्। स्थानीयले सडक खुलाउन गरेको प्रयासलाई लगातारको वर्षाले अवरोध गरेको छ। 

सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले, अम्कोट बल्दे सडकलाई भदौमै सञ्चालनमा ल्याउने गरी काम सुरु गरेको भए पनि फेरि पानी परेपछि अहिले त्यो ठाउँमा काम गर्न समस्या भएको बताउनुभयो।

जिल्लाका बडिमालिका, गौमुल, बूढीनन्दा, स्वाकार्तिक, जगनाथ, हिमाली लगायतका व्यापारीको दशैं तिहारमा व्यापार व्यवसाय गर्ने सुनौलो असर हो। 

दशैं तिहारलाई मध्यनजर गर्दै सुदूरपश्चिमको मुख्य व्यापारी सहर धनगढीबाट लत्ताकपडा जुत्ता चप्पल, लगायतका दैनिक उपभोग्य नुनु, तेल, दाल चामल जस्ता खाद्यान्न सामाग्रीलाई बाजुरा भित्र्याउने गर्दछन्।


विभिन्न वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सुरु गरेका अधिकांश व्यापारीलाई किस्तामा ल्याएको ऋण तिर्न समस्या पर्न थालेको छ। गैरी बजारका होटेल व्यवसायी प्रेम बुढाले, यहाँका व्यापारी दशैंका बेला धेरै सामान ल्याउने गर्दछन्। तर, सडक अवरुद्ध हुँदा व्यवसाय सङ्कटमा परेको उनीहरूको भनाइ छ। 

अवरुद्ध सडक खुलाउन जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन साँफेबगर अछामलाई पत्र पठाएसँगै काम सुरु गरेको थियो। तर, पहिरोका कारण एक्स्काभेटर बाटो खोल्न सकेको छैन। 

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले डिभिजन कार्यालय अछामले, अवरुद्ध सडक सुचारु गर्न विगत लामो समयदेखि डोजरको प्रयोग गर्दै आए पनि वर्षाका कारण समस्या भएको बताउनुभयो।