• १६ भदौ २०८१, आइतबार

नवलपुरमा ११३ मतदान स्थल र ३०२ केन्द्र

blog

मीना कंडेल

कावासोती, असोज २ गते । निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि नवलपुरमा ११३ वटा मतदान स्थल र ३०२ वटा मतदान केन्द्र कायम गरिएको छ । 

प्रतिनिधि सभा निर्वाचनतर्फ नवलपुर क्षेत्र १ मा ५७ मतदान स्थल र १५३ मतदान केन्द्रबाट १ लाख ३१ हजार १८१ जनाले मतदान गर्न पाउने छन् । यहाँ पुरुष मतदाता ६२ हजार ५९६ महिला मतदाता ६८ हजार ५८४ र अन्य मतदाता १ जना छन् । 

प्रतिनिधि सभा निर्वाचनतर्फ नवलपुर क्षेत्र २ मा ५६ मतदान स्थल र १४९ मतदान केन्द्रबाट १ लाख २९ हजार २८० जनाले मतदान गर्न पाउनेछन् । यहाँ पुरुष मतदाता ६१ हजार ७४० महिला मतदाता ६७ हजार ५३७ र अन्य मतदाता ३ जना छन् । 

प्रदेश सभा निर्वाचनतर्फ नवलपुर क्षेत्र १ (१) मा पुरुष मतदाता ३० हजार ४५५, महिला मतदाता ३३ हजार ८० गरी जम्मा मतदाता ६३ हजार ५३५ जना छन् । यहाँ २७ मतदान स्थलमा ७२ मतदान केन्द्र रहनेछन् । प्रदेश सभा निर्वाचनतर्फ नवलपुर क्षेत्र १ (२) मा पुरुष मतदाता ३२ हजार १४१, महिला मतदाता ३५ हजार ५०४ र अन्य मतदाता १ गरी जम्मा मतदाता ६७ हजार ६४६ रहेका छन् । यहाँ मतदान स्थल सङ्ख्या ३० र मतदान केन्द्र सङ्ख्या ८१ कायम गरिएको छ । 

प्रदेश सभा निर्वाचनतर्फ नवलपुर क्षेत्र नम्बर २ (१) मा पुरुष मतदाता ३० हजार ९४३, महिला मतदाता ३३ हजार ५७४ र अन्य मतदाता १ गरी जम्मा मतदाता ६४ हजार ५१८ जना छन् । यहाँ मतदान स्थल सङ्ख्या २८ र मतदान केन्द्र सङ्ख्या ७५ छ । प्रदेश सभा निर्वाचनतर्फ नवलपुर क्षेत्र २ (२) मा पुरुष मतदाता ३० हजार ७९७, महिला मतदाता ३३ हजार ९६३ र अन्य मतदाता २ जना गरी जम्मा मतदाता ६४ हजार ७६२ जना छन् । यहाँ मतदान स्थल सङ्ख्या २८ र मतदान केन्द्र सङ्ख्या ७४ रहनेछन् ।

नवलपुरमा जम्मा मतदाता दुई लाख ६० हजार ४६१ जना छन् । जिल्लामा २ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छन् । जिल्लाभर पुरुष मतदाता एक लाख २४ हजार ३३६, महिला मतदाता एक लाख ३६ हजार १२१ र अन्य मतदाता ४ गरी जम्मा २ लाख ६० हजार ४६१ जना छन् ।