श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्री कुँवरको टोलीले तुर्माखाँद गाउँपालिका –५ नाडा, कमलबजार नगरपालिका –६ वीरपथ र वडा ८ डुँगालाका मृतक र घाइतेका आफन्त घटनास्थलमै पुगेर निरीक्षण गर्नुभयो ।
सैनामैना नगरपलिकाको पूर्व–पश्चिम राजमार्गको सुरक्षा व्यवस्था चुस्त बनाउने उद्देश्यले खरिद गरिएका सीसीटीभी क्यामरा ६ महिना बित्दा पनि अहिलेसम्म जडान भएको छैन ।
नेपाल सरकार भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने पूर्व निर्णय फिर्ता लिएको छ ।
बडा दशैंमा बिदामा जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई नेपाली सेनाले निशुल्कः यातायात सुविधा उपलब्ध गराउने भएको छ ।
‘ए’ डिभिजन क्लब न्युरोट टिम (एनआरटी)ले युथ फुटबल एकेडेमी सञ्चालन गरेको छ । एनआरटीले कीर्तिपुर स्थित ल्याब्रोटरी स्कुलमा फुटबल एकेडेमी सञ्चालनमा ल्याएको हो ।
सर्वियाको बेलग्रेडमा आयोजना हुने आईएसएफ विश्व स्कुल बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली बास्केटबल टोली त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ।
नेकपा (माओवादी केन्द्र)को आजको बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचीका बारेमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन।
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जनाको कैद माफी गर्नुभएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिको आयोजनामा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन सिड्नीमा आइतबार सम्पन्न भएको छ ।
पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
सीमापारीबाट हुँदै आएको तस्करी र अवैध आयात रोक्न प्रहरी प्रशासन कडा रुपमा प्रस्तुत भए पनि तस्करी रोकिएको छैन।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ ।
अभिनेता पल शाहको मुद्दा सुनुवाइ स्थगित भएको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दामा यसअघि १५ भदौमा सुनुवाइ हुने भनिएको थियो ।
दुुई वटा गाउँपालिकाका लागि बिधुत सेवा आपूर्ति गर्दैआएको हिल्दुम बिधुत बितरण केन्द्रले पाँचौ दिनमा बन्द भएको बिधुुत आपुुर्ति कार्य सुचारु गरेको छ । बर्षाका कारण नहरको मर्मत कार्य नहुुने भएपछि बन्द गरिएको बिधुत आपूर्ति सुचारु गरिएको हो ।