• ७ पुस २०८१, आइतबार

बास्केटबल टोली सर्विया जाने

blog

काठमाडौं, असोज २ गते । सर्वियाको बेलग्रेडमा आयोजना हुने आईएसएफ विश्व स्कुल बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली बास्केटबल टोली त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

नेपाली टोलीलाई आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विदाइ गर्नुभयो । विदाइ कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले अध्ययनका साथ साथै खेललाई पनि अगाडी बढाई रहेकोमा खेलाडी प्रति कृतज्ञ हुँदै स्कुल र कलेजमा खेलकुदको पूर्वाधार निर्माणमा जोड दिनु पर्ने र आफु त्यसका लागि लागि पर्ने बताउनुभयो । 

जनार्जन ढुङ्गेलको नेतृत्वमा च्याम्पियनसिपमा सहभागी हुने जाने टोलीको प्रशिक्षकमा सदिश प्रधान हुनुहुन्छ । खेलाडीहरुमा सामराज श्रेष्ठ, प्रथम श्रेष्ठ, आशिप महर्जन, शिभम् श्रेष्ठ, कोनोर गुरुङ्ग, बेनभ श्रेष्ठ दुवाल, उज्वल धौगोडा, प्रणय बासी, सुजल बलय श्रेष्ठ, सुजार राजकर्णिकार र अविग्न श्रेष्ठ रहनु भएको छ । 

यस्तै अफिसियलमा भुपेन्द्र शमसेर कुँवर, मधु ढुङ्गेल र ममता बस्नेत हुनुहुन्छ । प्रतियोगिता सेप्टेम्बर २० देखि २८ तारिखसम्म हुनेछ ।