दशैँका लागि सङ्घीय राजधानी काठमाडौँबाट घर फर्किन टिकट बुकिङ खुलेको पहिलो दिन करिब सात हजार यात्रुले अग्रिम टिकट लिएका छन्। कोभिडपछिको उत्साहजनक हुने देखिएको दशैँमा यात्रुको चापलाई आधार मानेर यातायात व्यवसायीहरूले गन्तव्यअनुसार नियमित रुटबाहेक थप सवारीसाधनको व्यवस्था गर्ने भएका छन्।
सङ्घीय संरचनामा पहिलो पटकको निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको छ । एकैसाथ निर्वाचन भएका सातवटा प्रदेश सभाको कार्यकाल पनि शनिबार रातिदेखि समाप्त भएको छ । आसन्न निर्वाचनको समानुपातिकतर्फको बन्दसूची पेस गर्ने दिनभन्दा अघिल्लो दिनलाई आधार मानेर कार्यकाल समाप्त गरिएको हो । संविधान र कानुनी रूपमा कार्यकालको सुरुवात र अन्त्यबारे स्पष्ट व्यवस्था नभएपछि २०७४ सालको अभ्यासका आधारमा कार्यकाल अन्त्य गरिएको हो । चालू अधिवेशन शनिबार राति १२ बजेबाट हुने राष्ट्रपति कार्यालयको पत्र पनि प्रतिनिधि सभामा सुनाइएको छ ।
राममणि दाहालहेटौँडा, असोज २ गते । बागमती प्रदेश सभाको पहिलो पाँच वर्षीय कार्यकाल सकिएको छ । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीबाट हुने निर्वाचनका लागि उम्मेदवारको बन्दसूची पेस गर्ने अघिल्लो दिनदेखि प्रदेश सभाका सदस्य पदबाट मुक्त हुने जनाएसँगै बागमती प्रदेश सभाको पहिलो कार्यकाल सकिएको हो । निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिक निर्वाचन प्रणालीबाट हुने निर्वाचनका लागि दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने मिति तय गरेको छ । बामगती प्रदेश सभाले प्रदेश सभा सदस्यको कार्यकाल सकिने अघिल्लो दिन शनिबार प्रदेश सभा सचिवालयमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमले प्रदेश सभा बैठकको झल्को दिएको थियो ।बिदाइ कार्यक्रम नभनिए पनि कार्यकाल सकिने अघिल्लो दिन आउँदो चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा प्रदेश सभाको बैठकमा जस्तै सत्ता पक्ष र विपक्षी दलका नेता विभाजित भएर आफ्ना भनाइ राख्दै थिए । देश सङ्घीय संरचनामा गएसँगै पहिलो पटक भएको निर्वाचनपछि बनेको बागमती प्रदेश सभाका सदस्यले २०७४ माघ ७ गते शपथग्रहण गरेका थिए । माघ १८ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो ।प्रदेश सभाको यस अवधिमा भएका १० अधिवेशनले गरेका काम र सरकारको कामका बारेमा कार्यक्रममा सहभागीले धारणा राखेका थिए । उनीहरूले पहिलो पाँचवर्षे कार्यकालमा प्रदेशका बारेमा सिक्ने, अनुभव गर्ने र प्रदेशको जग हाल्ने काम भएको बताएका थिए ।कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले कानुन, संरचना र सङ्घीयताको अनुभवरहित अवस्थामा पाँच वर्षअघि प्रदेशको अभ्यास सुरु भएको बताउनुभयो । उहाँले हामीले गरेका र भएका नकारात्मक कामको भन्दा सकारात्मक कामको समीक्षा गरेर अगाडि बढ््नुपर्ने भन्दै हामीले अब एकात्मक प्रणालीमा जाने ठाउँ नछाडेको र जाने अवस्था पनि नरहेको बताउनुभयो ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले यति चाँडै प्रदेश महँगो भयो काम छैन भन्ने अवस्था आएको छैन भन्दै प्रदेश संरचना बनेको, प्रदेश सरकारले काम गरेको र अभ्यासको क्रममा रहेको बताउनुभयो । सङ्घीय सरकारसँग केन्द्रीकृत मानसिकता रहेको र यो नै समस्या भएको बताउँदै उहाँले भन्नुभयो, “सङ्घीयताको अभ्यास भइरहेको समयमा सङ्घीय सरकारले जिल्ला कार्यालय स्थापना गर्नु र अनावश्यक रूपमा विभाग राख्नु उचित होइन ।”उहाँले सङ्घमा कर्मचारी त्यसै बसेको, बस्ने कुर्सीसमेत नभएको र प्रदेशमा काम गर्ने कर्मचारी अभाव भएको भन्दै राजनीतिक परिवर्तन भए पनि कर्मचारीतन्त्रमा परिवर्तन नआएको गुनासो गर्नुभयो ।प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाले गरेका काम र अनुभव सुनाउँदै प्राप्त उपलब्धिहरूको रक्षा गर्दै सङ्घीयतालाई सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले नयाँ संरचना भएकाले कमीकमजोरी भए पनि प्रदेशका सबै जिल्लामा प्रदेश सरकार छ भन्ने महसुस गराउने गरी प्रदेश सरकारले काम गरेको दाबी गर्नुभयो । “प्रदेश सरकारले काम गरेन भनेर तपाईं कुन मुखले निर्वाचनमा जनतासमक्ष जानुहुन्छ ?” दल र नेताहरूलाई उहाँको प्रश्न थियो । बागमती प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रतिगमनको खतरा अझै रहेको बताउँदै प्रदेश नरहेमा यो व्यवस्था र संविधान नरहने भएकाले संविधान र व्यवस्थाको पक्षमा उभिन आग्रह गर्नुभयो । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेशको नयाँ अभ्यास गरिएको, नयाँ अनुभव लिएको र संरचनाहरू निर्माण भएकाले पाँचवर्षे कार्यकाललाई सकारात्मक रूपमा लिनु आवश्यक भएको औँल्याउँदै शीर्ष नेताहरूमा प्रदेशलाई अधिकार दिन नचाहने प्रवृत्ति रहेको बताउनुभयो ।प्रदेश सभाका उपसभामुख राधिका तामाङले शून्य अवस्थाबाट प्रदेश यो अवस्थामा आएको चर्चा गर्दै प्रदेश सभाको आफ्नै भवन र प्रदेश सभाको हल पाँच वर्षमा बन्न नसक्नु दुःखद पक्ष भएको बताउनुभयो ।कार्यक्रममा प्रदेश सभाअन्तर्गतका सभापतिहरू माधवप्रसाद पौडेल, नारायण सिलवाल, न्हुच्छेनारायण श्रेष्ठ, केशवप्रसाद पोखरेल, रमा आलेमगर र विवेकशील साझा पार्टीका संसदीय दलका नेता रमेश पौड्यालले प्रदेश सभामा आफूले गरेका अनुभव राख्दै जनअपेक्षाअनुसार प्रदेश सभा र प्रदेश सरकारले कति काम ग¥यो समीक्षा हुनु आवश्यक भएको बताउनुभयो ।
दोलखाको लामाबगर गाउँपालिका–१ मा रहेको दुर्गम लाप्ची गाउँमा विकासका कुनै पूर्वाधार पुग्न नसक्दा स्थानीयले कठिनाइपूर्ण जीवनयापन गर्नुपरेको छ । सञ्चारको अभावमा कोही बिरामी परे आफन्तलाई फोनबाट खबर दिनसमेत तीन दिन हिँडेर लामाबगर पुग्नुपर्छ । स्थानीय कर्मा शेर्पाले भन्नुभयो, “गाउँमा मोबाइलको नेटवर्क टिप्दैन। फोन गर्नकै लागि पहिरो छिचोल्दै तामाकोसीको भीर भएर हिँड्नुपर्छ, त्यो पनि हिउँदमा मात्रै ।”
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लाग्ने नलाग्ने विषयमा महाभियोग सिफारिस समिति विभाजित भएको छ । प्रस्तावकसमेत रहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सदस्यले बहुमतका आधारमा महाभियोग लाग्ने प्रतिवेदन तयार पारेका छन् । प्रमुख प्रतिपक्ष दल र प्रतिपक्ष दलका सदस्यले भने प्रमाण बुझ्ने र सङ्कलित तथ्यको विश्लेषण बाँकी रहेकाले निष्कर्षसहितको प्रतिवेदन तयारीको विपक्षमा मत राखेका छन् । सत्तापक्षका छ सांसदले नौबुँदे आधार र कारण तथा दुईबुँदे सुझावसहित प्रतिवेदन पेस गरेका हुन् । प्रतिपक्षले आठबुँदे फरक मत राखेको छ ।
विगत डेढ महिनादेखि काठमाडौँ माइतीघरमा सङ्घर्षरत मिटरब्याजी तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले आन्दोलन स्थगित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा शनिबार गृह मन्त्रालय र सङ्घर्ष समितिबीच पाँचबुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व सङ्कलनमा कमी आएको छ । आव २०७८/७९ को साउन र भदौ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ८५ करोड रुपियाँले राजस्व सङ्कलन घटेको हो । यस अवधिमा कर राजस्व मात्रै १५ अर्ब ४१ करोड रुपियाँले घटेको छ भने गैरकर राजस्व छ अर्ब ९९ करोड रुपियाँले घटेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७९/८० को दुई महिना (साउन–भदौ)मा एक खर्ब ४३ अर्ब ८१ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । यसमध्ये एक खर्ब ३० अर्ब ७० करोड रुपियाँ कर राजस्व उठेको छ । त्यस्तै १३ अर्ब १० करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको छ ।
काठमाडौं, असोज १ गते । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बोलाइएको नेकपा (एमाले)को सचिवालय बैठक सकिएको छ। आज साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली आइतबार बस्ने बैठकले निर्णय गर्ने तय गरेको छ। बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे पार्टी महासचिव शङ्कर पोखरेलले बैठकलाई जानकारी गराउनुभएको बताउनुभयो। बैठकमा सङ्घीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको उहाँले बताउनुभयो। बाढी पहिराका कारण अछाम जिल्लामा भएको जनधनका क्षतिका बारेमा छलफल गर्दै सरकारलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ। साथै घटनाप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको उहाँले जानकारी दिनुभयो।बैठकले पाकिस्तानमा आएको बाढीले पु¥याएको क्षतिप्रति पाकिस्तानी सरकार र जनताप्रति गहिरो दुःख व्यक्त गरेको छ। बैठक भोलि बिहान ११ बजे पुनः बस्ने गुरुङले जानकारी दिनुभयो।रासस
नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले शुक्रबारदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा आएको पहिरो र बाढीका पीडितलाई सहयोगका लागि नेपाल सरकार र सम्बद्ध सबै निकायसँग आग्रह गर्नुभएको छ।
सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधिसभाको यस कार्यकालमा राष्ट्रियताका सवालमा अभूतपूर्व काम भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आज शनिबार बसेको संसद अधिवेशनको अन्तिम बैठकमा सभामुख सापकोटाले सो कुरा बताउनुभएको हो ।
काठमाडौंमा जारी साफ महिला फुटबलमा पहिलो पटक नयाँ प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेका छन् । दशरथ रंगशालामा शुक्रबार नेपालले सदावहार विजेता भारतलाई सेमिफाइनलमा १–० गोलको हार चखाएपछि साफ महिला फुटबलले नयाँ विजेता पाउने पक्का भएको छ ।
गणेश माविका विश्वराम कुँवर र गान्धी आदर्श माविकी अन्जु खड्का प्रथम बैकुण्ठ मानन्धर अन्तर माध्यमिक विद्यालय ५ किलोमिटर दौड प्रतियोगितामा शनिबार पहिलो हुनुभएको छ । विश्वराम छात्र र अन्जु छात्रामा पहिलो हुनुभएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक शुरुभएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक शुरुभएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।
प्रतिनिधिसभाको चालु ११ औँ अधिवेशन शनिबार राति १२ देखि अन्त्य हुने भएको छ ।
दशैँ र तिहारलाई लक्षित गरेर शनिबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय मुगुले सुपथ मूल्यमा बिक्री गर्ने सहुलियत पसल सञ्चालन गर्नेभएको छ ।