• १६ भदौ २०८१, आइतबार

फिल्म 'अन्तिम संस्कार'को छायाङ्कन सुरु

blog

काठमाडौं, असोज १ गते । फिल्म 'अन्तिम संस्कार'को छायाङ्कन सुरु भएको छ । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ मुहूर्त गरेर छायाङ्कन सुरु गरिएको हो ।

सांस्कृतिक तथा सामाजिक कथा वस्तु समेटिएको फिल्मको छायाङ्कन गर्न कलाकार विजय लामासहितको टिम मुस्ताङ पुगेका हुन्। फिल्म युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायाङ्कन सकेर बाँकी छायाङ्कन काठमाडौंमा गर्नेछ । 

विनोद सुवेदीको निर्माणमा बन्ने फिल्मको निर्देशन प्रदीप शाहीले गर्नेछन् । फिल्ममा कलाकार विजय लामासहित दीया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, शारदा गिरी, त्रिचु राई, सश्मिता गिरी र दिग्गज खत्रीलगायतको अभिनय रहनेछ ।