काठमाडौं, असोज १ गते । फुलहाम र एस्टन भिल्लाले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । शुक्रबार राति भएको खेलमा फुलहामले नटिङघम फरेस्टलाई उसैको मैदानमा ३–२ गोलले हरायो । अर्को खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० गोलले स्तब्ध बनायो ।
प्रतिस्पर्धात्मक खेलमा फुलहामलाई जिताउन टोसिन एडराबियोले ५४औं, जोआओ पाल्हिन्हा र हारिसन रिडले गोल गर्नुभयो । नटिङघमका टाइवो अवोनियीले ११औं मिनेटमा सुरुवाती गोल गर्नुभयो ।
लेविस ओब्रिनले ७७औं मिनेटमा अर्को गोल फर्काएपनि टोलीको हार टरेन । जितसँगै फुलहाम छैटौं स्थानमा उक्लिएको छ । फुलहामले सात खेलबाट ११ अंक बनाएको छ । समान खेलबाट चार अंक बनाएको नटिङघम १९औं स्थानमा छ ।
यसैगरी अर्को खेलमा एस्टन भिल्लालाई जिताउन ज्याकोब रामसेले निर्णयक गोल गर्नुभयो । रामसेले ४१औं मिनेटमा गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । जितसँगै सात अंक बनाएको एस्टन भिल्ला १३औं स्थानमा छ । पराजित साउथह्याम्पटन सात अंक सहित १२औं स्थानमा छ । एजेन्सी