• १३ साउन २०८१, आइतबार

नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सुदूरपश्चिम

blog

धनगढी रंगशालामा शनिबार नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी प्रदर्शन गरिँदै । तस्बिर : राखेप

काठमाडौं, असोज १ गते । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सुदूरपश्चिम प्रदेशको धनगढी रङ्गशालामा शनिबार प्रदर्शन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री गोविन्द बोहरा, सुदूरपश्चिम खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक सिंह, सुदूरपश्चिमका ९ जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष, खेलाडी, प्रशिक्षक, सुरक्षाकर्मी, रनिङ ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट, सदस्यहरू दीपक श्रेष्ठ, मिरा राई र अरुणा शाहीलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको हो ।

बृहत् राष्ट्रिय खेलकुदका लागि पहिलो पटक रनिङ ट्रफी निर्माण गरिएको हो । ट्रफीलाई अन्य पाँच प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र एपीएफको मुख्यालयमा प्रदर्शनका लागि लगिने छ । अन्तिममा नवौँ राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल पोखरा लगिने छ ।