• ७ पुस २०८१, आइतबार

डल्लु आवास क्षेत्रमा बहुउद्देश्यीय कभर्ड हल बन्ने

blog

भुकम्प स्मृति बहुउद्देश्यीय कभर्डहलको शिलन्यास गर्नुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठ । तस्बिर : राखेप

काठमाडौं, असोज १ गते । काठमाडौं महानगर पालिका १५ स्थित डल्लु आवास क्षेत्रमा बहुउद्देश्यीय कभर्ड हल बन्ने भएको छ । भूकम्प स्मृति बहुउद्देश्यीय कभर्डहलको शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शिलन्यास गर्नुभयो । 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको सहयोगमा निर्माण हुने कभर्डहल ६ रोपनी जग्गामा बन्नेछ । हलमा भलिबल, ब्याडमिन्टन, टेबलटेनिस लगायत ध्यान, योग,सेमिनार सञ्चालन गर्न सकिने छ ।

शिलन्यास पछि मन्त्री श्रेष्ठले नेपाल ओलम्पिक कमिटिको पहलमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको सहयोगमा बन्ने कभर्डहलले स्थानीय स्तरमा खेलाडी उत्पादकका साथै अन्य सभा सम्मेलन, ध्यान योगका कार्य गर्नलाई सहज हुने बताउनुभयो। 

उहाँले आफू ओलम्पिक कमिटिको महासचिव भएको बेलामा बनाएको योजना अहिले आएर कार्यान्वयन हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘बाह्य संस्थाले सहयोग गरेता पनि यो स्थानीय स्तरको सम्पत्ति भएको र स्थानीयहरूले नै प्रयोग र संरक्षण गर्नुपर्दछ ।’’ ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले हल निर्माणले स्थानीय स्तरमा खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।