• १३ साउन २०८१, आइतबार

सरसफाइ अभियन्ता अमात्यको निधन

blog

शिवा तामाङ

काठमाडौँ, असोज १ गते ।  सरसफाइ अभियन्ता प्रकाश अमात्यको हृदयाघातका कारण निधन भएको छ । हृदयाघातपछि उपचारको लागि  मेडिसिटी अस्पताल लगिएको अमात्यको उपचारकै क्रममा शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

अमात्य एरोसान सस्टेनेवल स्यानिटेसन नेपालका कार्यकारी प्रमुख हुनुहुन्थ्यो । एरोसानमार्फत उहाँले स्थानीय तहसँग सहकार्य गर्दै सार्वजनिक शौचालयमा अत्याधुनिक प्रविधिको प्रयोग, भूमिगत पानीको पुनर्भरण तथा आकाशे पानी सङ्कलन अभियान सञ्चालन गरिरहनु भएको थियो । 

एरोसान मार्फत ‘टक टु ट्वाइलेट’ अभियानलाई तीव्रता दिनुभएका अमात्यले सार्वजनिक शौचालयलाई स्मार्ट बनाउने र सबैलाई पहुँचयोग्य बनाउनु पर्ने कुरालाई जोड्दार ढङ्गले उठाउँदै आउनुभएको थियो । 

उहाँकै पहलमा काठमाडौँ उपत्यकाको ललितपुर महानगरपालिका र काठमाडौँ महानगरपालिकाको मङ्गल बजार, पाटन ढोका, परोपकार, बानेश्वर, त्रिपुरेश्वर लगायतका क्षेत्रमा ‘सार्वजनिक शौचालयको स्तरोन्नति गर्दै स्मार्ट सुविधासहित सञ्चालनमा आएका छन् ।