• १६ भदौ २०८१, आइतबार

युवराज र अनुष्काको ‘हाम्रो सम्बन्ध’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १ गते । युवराज चौलागाईं र अनुष्का पाठकको आवाजमा ‘हाम्रो सम्बन्ध’ सार्वजनिक भएको छ । मायाप्रेममा आधारित गीतमा प्रेमसम्बन्धलाई कसरी विवाहमा परिणत गर्न सकिन्छ भन्ने कुरा देखाउन खोजिएको छ । गीतलाई शान थापाले निर्देशन गर्नुभएको छ । 

अनुष्काकै शब्द रहेको गीतमा सङ्गीत गायक युवराजकै रहेको छ । अर्जुन तिवारीले खिच्नुभएको गीतको सम्पादन सुप्रिम पराजुलीले गर्नुभएको छ । गीत जी–२१ डिजिटल च्यानलबाट सार्वजनिक गरिएको हो ।