• १३ साउन २०८१, आइतबार

अछाममा पहिरोले घर भत्किँदा आठ जनाको मृत्यु, नौ जना बेपत्ता

blog

शिवराज ढुंगाना 

अछाम, असोज १ गते । अछामका दुई स्थानमा पहिरो जाँदा पुरिएर आठजनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ । 

घरमाथिबाट आएको पहिरोमा परेर तुर्माखाँद गाउँपालिका ५ नाडामा नौ जना बेपत्ता भएका छन् । मध्यरातमा घर माथिको डाँडाबाट पहिरो जाँदा काँडाकोट निवासी नेत्रबहादुर शाही र रितबहादुर शाहीको घर भत्किएपछि उनीहरू बेपत्ता भएको उद्धारमा रहेका जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

रितबहादुरकी दुई बुहारी, एक छोरा, एक नाति र नेत्रबहादुरका श्रीमान् श्रीमती, एउटा छोरी र मिनबहादुर शाहीकी छोरीलाई पहिरोले पुरेको स्थानीय जनकबहादुरको भनाइ छ । बेपत्तामध्येमा दुई बालिकाको शव फेला परेको र अन्यको स्थानीयसँगै प्रहरीले खोजी कार्य जारी रहेको छ । 

यस्तै, कमलबजार नगरपालिका ६ ठाँटीखाँदमा घर माथिबाट पहिरो जाँदा इन्द्र परियारको घर पुरिँदा आठ जनाको मृत्यु भएको बताइएको छ । सोही घटनामा चार जना घाइते भएका छन् । दुवै घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।