संसदीय सुनुवाइ प्रक्रिया पूरा नगरी नियुक्तिको प्रक्रिया अघि बढाउन मिल्ने वा नमिल्ने विवादले सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशको नियुक्ति अलपत्र परेको छ । करिब तीन महिनाअघि नै सिफारिस भए पनि सुनुवाइ प्रक्रिया पूरा नभएकाले नियुक्ति गर्ने वा नगर्ने विवाद छ । संसदीय सुनुवाइको प्रक्रिया सुरु भएपछि प्रतिनिधि सभाको कार्यकाल सकिएकाले प्रक्रियाले पूर्णता पाएको थिएन । न्यायपरिषद्ले गत भदौ २२ गते नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।
सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्य निर्वाचनमा उच्चस्तरको प्रतिस्पर्धा देखिएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे आउनुभएको छ।
प्रत्यक्षतर्फबाट प्रतिनिधि सभामा ४६ मत अन्तरले कांग्रेसलाई पछाडि पारेको नेकपा (एमाले)लाई समानुपातिक तर्फ पाँचथर जिल्लाबाट सात हजार भन्दा धेरै मत प्राप्त भएको छ।
समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले २७ लाख मत कटाएको छ। निर्वाचन आयोगकाअनुसार बुधबारसम्मको गणनामा एमालेले २७ लाख २० हजार ६३९ मत पाएको छ। नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९० मत पाएको छ।
सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त नगरको रूपमा घोषित गरिएको छ । सप्तरी क्षेत्र ४ बाट नवनिर्वाचित तेजुलाल चौधरीले सो घोषणा गर्नुभएको हो ।
स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को मतगणना राती ९ बजेबाट शुरु हुने भएको छ ।
सुनसरीको निर्वाचन क्षेत्र नं. ४ (ख) को प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदबार हाजी इसराइल मंसुरी विजयी हुनुभएको छ । प्रदेश सभा सदस्य निर्वाचित हुनुभएका मंसुरीले १४ हजार ३२८ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अब्बास अन्सारीले १२ हजार १८५ मत प्राप्त गर्नुभयो ।
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ।
सुनसरीको तीन वटै क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भए पनि निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधि र प्रदेश सभा तर्फको मतगणना अझै जारी रहेको छ । तीन दिनदेखि स्थगित मतगणना मंगलबारबाट सुचारु भएपछि निरन्तर मतगणना जारी रहेको छ । आज राति ३ बजेसम्ममा अन्तिम नतिजा सार्वजनिक हुनसक्ने मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
मुलुकको पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई सम्मान गरिएको छ ।
बैतडीमा एक किशोरी घाँटी काटिएको अवस्थामा मृत फेला परेकी छिन् । अर्का एक १५ वर्षीया बालिका घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घाइते बालिकाको उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ ।
दोलखामा भोलि बिहीबार प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि पुनः मतदान हुँदैछ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।
आफ्नो जन्मस्थानमा खुलेको समुदायद्वारा सञ्चालित स्वास्थ्य केन्द्रमा एक समाजसेवी परिवारले पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गरेको छ ।
महिला तथा लैङ्गिक हिंसाबाट महिलालाई सुरक्षित बनाउन स्थानीय तहदेखि केन्द्रसम्म उजुरी दिने संरचना बनाउन आवश्यक रहेको महिला तथा लैङ्गिक हिंसासम्बन्धी अनुसन्धानकर्ता इन्दिरा पन्थीले बताउनुभयो ।