• १३ असोज २०८१, आइतबार

माओवादी अध्यक्ष दाहाल सुकुटेमा

blog

सुकुटेमा नेता तथा कार्यकर्तासँग भेट गर्नुहुँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : श्रीधर न्यौपाने

सिन्धुपाल्चोक, मङ्सिर १४ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे आउनुभएको छ।

पार्टीको दस्ताबेज लेखन र महत्त्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष दाहाल सुकुटे आउने गर्नुभएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा सभामुख अग्निप्रसाद सापकोटासँगै दाहाल सुकुटे आउनुभएको हो।

सुकुटेमा अध्यक्ष दाहालले  र्याफ्टिङसमेत गर्नुभएको छ। निकट स्रोतका अनुसार दाहाल, सभामुख सापकोटालगायत बुधबार सुकुटेस्थित सुकुटे बीचमा बस्नु हुनेछ। 

काठमाडौंबाट करिब दुई घण्टामा पुगिने सुकुटे क्षेत्र बीचको मज्जा लिन र जलयात्राका लागि निकै चर्चित छ। सुकुटे बसाइ आन्तरिक तथा बाह्य पर्यटकका लागि तुलनात्मकरूपमा सस्तोसमेत रहेको छ।  रासस