झापामा निर्वाचनमा ५३ वटा राजनीतिक दल समानुपातिक निर्वाचनमा सहभागिता भएकोमा १६ वटा राजनीतिक दलहरु एक सय मतपनि नकटाएको पाईएको छ ।
पच्चीसवटा निबन्धहरूको सँगालो शब्दशिविर लिएर निबन्धकार मुकुन्दराज शर्मा देखा परेका छन् । प्रस्तुतिका दृष्टिले यस सङ्ग्रहका धेरैजसो निबन्धले संस्मरणको रूप धारण गरेको देखिन्छ । सामान्य विषयप्रसङ्गदेखि गहन चिन्तन गर्नुपर्ने सन्दर्भलाई निबन्धकारले यहाँ सङ्कलित कतिपय निबन्धमा उठाएका छन् । संस्मरणात्मक निबन्धमा निबन्धकारको इमानदार अभिव्यक्ति अपेक्षित हुन्छ । निबन्धकार शर्माले यहाँ आफ्नो निजत्वलाई सरल एवं स्पष्ट रूपमा अभिव्यक्त गर्ने प्रयास गरेको भेटिन्छ ।
प्रतिनिधी सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा ओखलढुङ्गाका १४ जना उम्मेदवारको जमानत जफत भएको छ । कूल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेकामा प्रतिनिधी सभातर्फका ६ जना र प्रदेश सभातर्फका आठ जनाको उम्मेदवारको धरौटी जफत भएको हो ।
गत मङ्गलबार राति बर्दघाट हाटबजारमा एक जना मानिसको खुकुरीले हानेर हत्या भएको छ भन्दै बर्दघाट प्रहरीलाई फोन आयो । बर्दघाट प्रहरी तुरुन्तै गतिमा आयो । प्रहरीले आफनो उपल्लो निकायलाई पनि सूचना गर्दै प्रहरीको एउटा टुकडी घटना स्थालतर्फ गयो ।
वैदिक सनातन धर्ममा सबै चाडपर्वको आआफ्नै महत्व तथा विशेषता छ । यस्ता चाडपर्वले हाम्रो संस्कार संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । यस्ता चाडपर्वले संस्कार र परम्परालाई सुरक्षित राख्दछ । जात्रालाई सुदूरपश्चिमतिर मुख्य रूपमा डोटेली संस्कृतिमा जाँत भन्ने गरिन्छ । जाँत सुदूरपश्चिम प्रदेशतिरको देव पूजनको मौलिक पर्व हो । कुनै देवताको मन्दिरमा वार्षिक रूपमा पूजाआजाका लागि उल्लेख्य उपस्थितिमा लाग्ने ठूलो मेला, जात्रालाई जाँत भनिन्छ । देवीदेवताको पूजा निश्चित तिथि, दिनमा गरिन्छ । तिथि गणनामा कुनै समय ठीक त्यसै दिन हुन्छ भने कुनै समय डाडाँगन्तको हिसाबले जाँतको दिन तय हुन्छ । जाँत हुने निश्चित दिनलाई हुलो भन्ने गरिन्छ । सामान्यतया पूजा हुलो पर्वमा गर्ने गरिन्छ । कहीँ देवता
पाँचथर जिल्लामा प्रदेश र प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राती १०ः०० बजे प्रकाशन गरेको अन्तिम परिणाम अनुसार एमालेका वसन्तकुमार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
सप्तरीको राजविराज–५ मा सञ्चालित १५ शय्याको अनार भूपेन्द्रनाथ निजी अस्पतालभित्र डाक्टर दीपा यादवले दुई महिनादेखि आफ्नो नामको बोर्ड राखेर जबरजस्ती बिरामी जाँच्दै आएको आरोप लागेको छ। डा. यादवले अस्पतालका ल्याब, एक्सरे मेसिन, औषधि पसलसमेतमा आफ्ना मान्छेहरू लगाएर नियन्त्रणमा लिएको र उल्टै आफूलाई दुव्र्यवहार गरेर अस्पताल छिर्न नदिएको सञ्चालक वीरेन्द्र यादवले जानकारी दिनुभयो। डाक्टर दीपा कहिले सरुवाको विषयलाई लिएर कहिले सुत्केरी मारेको आरोपमा विवादमा तानिएको र बलजफ्ती अस्पताल नियन्त्रणमा लिएको डाक्टर वीरेन्द्रप्रसाद यादवले आरोप लगाउनुभयो।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि मङ्सिर ४ गते सम्पन्न भएको मतदानबाट देशका प्रायः सबै क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। कसले सरकार बनाउने र को प्रधानमन्त्री हुने भन्ने चर्चा जताततै छ। तर, स्याङ्जा क्षेत्र नं. २ को मतगणना भने अझै अनिश्चित छ। मतदाताले प्रदान गरेको मत वालिङ नगरपालिका कार्यालयको बन्द कोठामा राखिएको छ। प्रत्यक्ष र समानुपातिक मतपेटिका फरक–फरक ठाउँमा थन्क्याएपछि नेकपा (एमाले)ले सडकमा आन्दोलन गरिरहेको छ। जसका कारण मतगणना अलपत्र परेको हो। मतपेटिका राखिएका कोठाहरू बाहिरबाट चापी लगाएर सिल गरिएको छ। नेपाली कांग्रेस, एमालेलगायतको दलका प्रतिनिधिहरूकै उपस्थितिमा कोठा सिल गरिएको हो। मतपेटिका राखिएको कोठाबाहिर सशस्त्र प्रहरी र जनपद प्रहरीले कडा सुरक्षा दिइरहेका छन्।
धान थन्क्याउने अहिलेको समयमा धान झार्नका लागि जिल्लाका ग्रामिण क्षेत्रका किसानले सडक मै धान थुपार्दा सडक प्रयोगकर्ता र स्थानीयले विभिन्न समस्या झेल्नु परेको छ ।
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहेका ११ महिलामध्ये एक जना मात्रै निर्वाचित हुनुभएको छ। मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी हुनुभएको हो। उम्मेदवार भएका अन्य सबै महिला नेत्री पराजित हुनुभएको थियो। प्रदेशभरिबाट जम्मा १३७ जनाको उम्मेदवारी परेको थियो। जसमध्ये ११ जना उम्मेदवार महिला (८ प्रतिशत) हुनुहुन्थ्यो। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष चौधरीले कैलाली–१ बाट विजयी हुनुभएको हो।
डडेल्धुराको भित्री मधेश क्षेत्र जोगबुढाका खेतमा सिँचाइ गर्न एक करोड ६० लाख रकम खर्च गरेर नहर निर्माण भइरहेको छ। जोगबुढा क्षेत्रको परशुराम नगरपालिका–५, परीगाउँमा एक करोड २० लाख रुपियाँ लागतमा परीगाउँ सिँचाइ योजना निर्माणको काम भइरहेको छ। चालू आर्थिक वर्ष २०७९/८० मा १० किलोमिटर लामो नहर निर्माण गरेर परीगाउँको तीन सय हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने योजनासहित सिँचाइ योजना निर्माणको काम भइरहेको जलस्रोत तथा सिँचाइ कार्यालय डडेल्धुराले जानकारी दिएको छ।
नेपालगञ्ज क्षेत्रको स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा देखिएको समस्या अब रहने छैन । एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि सो समस्या समाधान हुने भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–२३, हिरमिनियास्थित ल्यान्डफिल साइट परिसरमा अस्पतालबाट निस्कने फोहोरमैला व्यवस्थापन गर्ने उद्देश्यका साथ एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन गरिएको छ ।
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन विस्तार कार्य निकै सुस्त देखिएको छ। निर्माणको काम थालेको लामो समय भइसक्दा पनि आयोजनाले अपेक्षित प्रगति गर्न सकेको छैन। विद्युत् प्रसारण लाइन आयोजनाले काम सुरु गरेको अढाई वर्ष भइसक्दा हालसम्म ३० प्रतिशत मात्रै प्रगति भएको छ। मुआब्जा विवाद र रुख कटानको उल्झनले सो कार्य सुस्त भएको हो।
बेलायतको रोयल एसियाटिक सोसाइटीले प्रत्येक वर्ष नेपालबारे अंग्रेजीमा संसारमा जसले जहाँ सुकै पनि प्रकाशित गरेको कुनै विशिष्ट पुस्तक वा आलेखलाई प्रदान गर्ने गरि प्राध्यापक सूर्यप्रसाद सुवेदीको नाममा वार्षिक पुरस्कार स्थापना गरेको छ ।