• १२ असोज २०८१, शनिबार

झापामा १६ दलले सय मत कटाएनन्

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर १४ गते । झापामा निर्वाचनमा ५३ वटा राजनीतिक दल समानुपातिक निर्वाचनमा सहभागिता भएकोमा १६ वटा राजनीतिक दलहरु एक सय मत पनि नकटाएको पाइएको छ । 

जिल्ला निर्वाचन कार्यालय झापाले सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा सबैभन्दा कम मत पिछडावर्ग निषाद दलित जनजाति पार्टीले २८ र बहुजन शक्ति पार्टीले ३० मत प्राप्त गरेको छ ।

यसैगरी नेपाल समावेशी पार्टीले ८४, जनता प्रगतिशिल पार्टी, नेपालले ४७, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ५९, जनता प्रगतिशील पार्टी, नेपालले ४७, राष्ट्रिय नागरिक पार्टीले ५३, बहुजन एकता पार्टी नेपालले ५४, नेश्नलिष्ट पिपल्स पार्टीले ६९ मत प्राप्त गरेको छ ।

नेपाल लोकतान्त्रिक पार्टीले ७३, तराई मधेश लोकतान्त्रिक पार्टीले ४०, नेपाल जनता पार्टीले ९३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले ६१, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले ८०, विवेकशील साझा पार्टीले ७३ र एकीकृत शक्ति नेपालले ८५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

प्रतिनिधि सभा समानुपातिकतर्फ राजनीतिक दलले पाएको मत अनुसार झापपामा नेकपा एमालेले बढी मत पाएको छ । १ लाख २७ हजार ७८० मत एमालेले र १ लाख ६८६ नेपाली काँग्रेसले मत प्राप्त गरेको छ । झापामा प्रतिनिधिसभाको समानुपातिकतर्फ ४ लाख ३७ हजार ९ सय २४ मत खसेको थियो ।