• १२ चैत २०८२, बिहिबार

प्राथमिकतामा साझा समस्या

blog

गोकुल भुजेल 

भोजपुर, चैत १२ गते  । भोजपुर  जिल्लाबाट श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार शेरधन राईलाई एक हजार ९१३ मतले पराजित गरी उहाँ निर्वाचित हुनुभएको हो । 

ध्रुवराज राईले जिल्लाको साझा समस्या समाधान नै आफ्नो प्राथमिकता रहेको  बताउनुभएको छ । जिल्लामा  शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पुल पूर्वाधारमा विकराल समस्या त्यसको समाधान आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको हो । उहाँले भन्नुभयो, “भोजपुरमा विकासका पूर्वाधारका लागि  तिनै तहसँग समन्वय गरे समाधान गर्नु पर्छ ।” 

उहाँले भन्नुभयो, “जनता सबैको साझा र सर्वश्रेष्ठ हुन् । मैले समग्र जिल्लावासीका लागि काम गर्नु पर्छ र यसका लागि म प्रतिबद्ध छु । सांसदले नीति, कानुन तथा संसद्मा जनताको मुद्दा उठाउनु पर्दछ ।  यसका लागि मेरो भूमिका महìवपूर्ण रहन्छ । मैले नीति निर्माणसँगै संविधानको कार्यान्वयनमा विशेष प्राथमिकता दिन्छु । व्रmमशः युवा रोजगार, उद्यमशीलता, लगानी प्रवर्धनलगायत क्षेत्रमा काम गर्न आवश्यक छ ।” 

टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष भएर उहाँले २०७४ देखि २०७९ सालसम्म काम गर्नुभएको हो । सङ्घीयतासँगै स्थानीय तहले पाएको अधिकार, स्थानीय तह आफैँले गर्न सक्ने काम, बजेट तथा कार्यव्रmम, कानुनी समस्या आदिका बारेमा उहाँलाई राम्रो ज्ञान छ । सांसद राई भन्नुहुन्छ, “सङ्घीयताले सम्पूर्ण अधिकार स्थानीय तहलाई दिएको छ ।  मेरो कार्यकालमा टेम्केमैयुङ गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा गरेका थियौँ । जिल्लाभरि पूर्ण विद्युतीकरण, खानेपानी, शिक्षा, स्वास्थ्यको अवस्था अलि नाजुक छ । बाँदर व्यवस्थापन तथा वन्यजन्तुको संरक्षण भएन भने बसाइ सर्ने समस्या न्यूनीकरण नहुने देखिन्छ । भोजपुरलाई अन्य जिल्ला तथा तराईसँग जोड्न अरुण नदीको छब्बिसे, सतीघाट, तुर्के, सुनबालुवा, सुनकोशीको चुहार पुल, रानीटार पुल तत्काल बनाउन आवश्यक छ । जिल्लाको पूर्व–पश्चिम, उत्तर–दक्षिण जोड्ने सडक सबै कच्ची छन् । जिल्लामा उत्पादन भएका स्रोतसाधनलाई बाहिर पठाउन सकिएको छैन ।  थुपै्र समस्याका बाबजुद जनतालाई खुसी पार्ने काम गर्नु छ ।” 

उहाँले सोही प्रसङ्गमा जोड्नुभयो, “मैले धेरै महìवकाङ्क्षा राखेको छैन, जनतालाई भ्रमभन्दा पनि काम गरेर देखाउने सोचमा छु । अबको पाँच वर्ष जनतासँगै बसेर काम गर्ने हुटहुटी छ ।” 

अब देशमा प्रविधिमैत्री शासन आवश्यक रहेको र यसले अधिकांश भ्रष्टाचार नियन्त्रण हुनुका साथै सुशासन प्रवर्धनमा सहयोग पुग्ने उहाँले बताउनुभयो । त्यस्तै श्रम संस्कृति पार्टीको मुख्य ध्येय श्रमदान गरेर देशलाई आत्मनिर्भर बनाउनु हो । जिल्ला वा जिल्लाबाहिर पनि हाल शनिबार नियमित श्रमदान भइरहेको छ । श्रमदानलाई व्यापक र विस्तारित गर्ने योजना रहेको छ ।

उहाँले संसद्का अहिले नयाँ, शिक्षित र अधिकांश युवा सांसदको उपस्थिति रहेकाले देशमा सकारात्मक परिवर्तन आउनेमा आफू आशावादी भएको विश्वास व्यक्त गर्नुभयो ।