उत्प्रेरणा सङ्गठनात्मक उद्देश्य हासिल गर्नका लागि सङ्गठनमा आबद्ध सदस्यमा काम गर्ने तीव्र चाहना, इच्छा र जागरण अत्यावश्यक हुन्छ । त्यसलाई उत्प्रेरणा भनिन्छ र उत्प्रेरणाको शाब्दिक अर्थ अग्रसर बनाउनु हो । उत्प्रेरणाले सङ्गठनात्मक कार्य गर्न बल प्रदान गर्छ । उत्प्रेरणा मनोवैज्ञानिक मानवीय पक्ष हो । यो कामप्रति उत्सुकता जगाउने प्रविधि हो ।
हरेक दिनका अखबार वा अनलाइन पोर्टलहरूमा फलानो बैङ्क वा वित्त कम्पनीले यति थान कपडा बाँडे, वृक्षारोपण गरे, विद्यार्थीलाई कापी, कलम बाँडे, वृद्धलाई निःशुल्क भोजन गराएजस्ता समाचार आइरहेका हुन्छन् । त्यसरी बैङ्क–वित्त कम्पनीले गरिरहेका गतिविधि उनीहरूका सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर) हुन् । सबै त होइनन् तर धेरैले सामाजिक उत्तरदायित्व कार्यक्रमका नाममा कनिका मात्र छर्ने गरेका छन् । एकाधले सिङ्गै स्कुल, धर्मशाला, मठमन्दिर वा गरिबको छाना–नानाको व्यवस्था गरेका छन् । तर सामाजिक उत्तरदायित्व बहन गर्ने बैङ्क–वित्त कम्पनीमध्ये धेरैले नाम मात्रैको सहयोग गर्ने गरेका छन् । सो विषयमा धेरैलाई कुनै वास्ता छैन । मिडियाले पनि सो विषय त्यति उठान गरेका छैनन् ।
फ्रान्ज काफ्काले ‘द मेटामर्फोसिस’मा आफ्नो पात्र ग्रेगोर साम्सालाई घिनलाग्दो कीरोमा बदलिदिए । तर कीरोबाट मान्छेमा बदल्न सकेनन् । नाक चुच्चे अनि ख्याउटे तिनै काफ्का ग्रेगोर साम्साको मानवीय अस्तित्व फर्काउन नसकेको गहिरो पश्चात्तापबोध अनि विश्वका कुनै लेखकको आत्मामा पसेर मान्छेबाट कीरो अनि कीरोबाट मान्छेको दोहोरो कायाकल्प गराउने ध्याउन्नमा भड्किरहेका भेटिन्छन्, राजवकृत आख्यान, ‘काफ्काको काम सकियोे’मा । एक
इङ्ग्ल्यान्ड र अमेरिका कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ अन्तर्गत मंगलबार राति भएको खेलमा इङ्ग्ल्यान्डले वेल्सलाई ३–० गोलले हरायो । अर्को खेलमा अमेरिकाले इरानलाई १–० गोलले स्तब्ध बनायो ।
१. संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)को तथ्याङ्कअनुसार विश्वको जनसङ्ख्या कति पुगेको छ ? आठ अर्ब – यूएनएफपीएले सन् २०२२ नोभेम्बर १५ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको । – प्रतिवेदनले औसत आयुमा वृद्धि र बालमृत्युदरको कमीलाई जनसङ्ख्या वृद्धिको मुख्य कारण मानेको । – प्रतिवेदनअनुसार सन् २०८० सम्म विश्वको जनसङ्ख्या १०.४ अर्बसहित उच्च बिन्दुमा पुग्ने र सन् २१०० सम्म यही स्तरमा रहने प्रक्षेपण रहेको ।
निजामती कर्मचारीका कार्य विवरण १. नेपालको सार्वजनिक खर्च व्यवस्थापनमा देखिएका समस्या पहिचान गर्दै सार्वजनिक खर्चको कुशल र नतिजामूलक व्यवस्थापन गर्ने उपाय सिफारिस गर्नुहोस् । सार्वजनिक हितका लागि सरकारले गर्ने खर्चलाई सार्वजनिक खर्च भनिन्छ । नागरिकप्रति सरकारको आधारभूत दायित्व निर्वाह गर्न सार्वजनिक खर्च अपरिहार्य मानिन्छ । लोककल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्ने संवैधानिक दिशा निर्देशसँगै सार्वजनिक खर्चको माग बढ्दै गएको छ । यसैकारण सरकारको व्यय अनुमान बर्सेनि बढ्दै गएको देखिन्छ । तथापि वार्षिक बजेटले अनुमान गरेअनुसारको परिमाण, गुणस्तर र समयमा सार्वजनिक खर्च हुन नसक्दा नागरिकले अनुभूत गर्ने गरी खर्चको प्रभावकारिता हासिल हुन सकेको छैन । नेपालको सार्वजनिक खर्च व्यवस्थापनामा देखिएका समस्या – नेपालको सार्वजनिक खर्च व्यवस्थापनमा योजना, स्रोत विनियोजन, खर्च, लेखाङ्कन, प्रतिवेदन, आन्तरिक नियन्त्रण, परीक्षणलगायतका विषयमा नीतिगत, व्यवस्थापकीय र व्यवहारगत समस्या छन् । यी समस्यालाई समग्रमा निम्नानुसार उल्लेख गर्न सकिन्छ ः – आवधिक योजनाका सोच, लक्ष्य, तथा अपेक्षाहरू महìवाकाङ्क्षी हुनु, – वार्षिक बजेट तथा कार्यक्रमले योजनालाई अनुसरण गर्न नसक्नु, – साधारण खर्च र विकास खर्च विनियोजनका आधार र मापदण्ड पालना नहुनु, – साधारण खर्च बर्सेनि बढ्दै जानु तर तुलनात्मक रूपमा पुँजीगत विनियोजन बढ्न नसक्नु, – सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता वृद्धि गर्ने मापदण्डको परिपालना हुन नसक्नु, – सञ्चालनमा रहेका आयोजनाहरू निर्धारित समय, लागत र गुणस्तरमा सम्पन्न नहुनु, – आयोजना अनुशासन कायम गर्न नसक्दा क्रमागत, अधुरा एवं रुग्ण आयोजनाको सङ्ख्या बढ्दै जानु, – विनियोजनको तुलनामा पुँजीगत खर्च कम हुनु, भएको खर्चसमेत अन्तिम चौमासिक तथा अन्तिम महिनामा हुने प्रवृत्ति बढेसँगै खर्चको गुणस्तरीयता कमजोर हुनु, – प्रतिबद्धताअनुरूप वैदेशिक सहायता प्राप्त हुन नसक्नु, समयमा शोधभर्ना गर्न नसकिनु, सार्वजनिक ऋणको कुशल परिचालन गर्न नसक्नु, – खर्चको समयमै लेखाङ्कन र प्रतिवेदन गर्ने गरी कर्मचारी र पदाधिकारीलाई जवाफदेही बनाउन नसक्नु,
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)को पाँचौँ दिन दुई नाटकसँगै नृत्य नाटिका र अडियो नाटक प्रस्तुत भएका छन् । अमेरिकी अडियो नाटक ‘ट्री कन्फेसन’मा हामीले बिर्सिसकेको मानव र बोटबिरुवाबीचको अन्तरसम्बन्धित पारिस्थितिक प्रणालीबारेको कथा एउटा रुखले बताउँछ । दर्शक/श्रोताले रुखको मुनि बसेर रुखको स्वीकारोक्ति सुन्न पाउनेछन् । नाटकलाई जेनी दिन बडरले लेख्नुभएको हो भने एरिन बी मिलेले निर्देशन गर्नुभएको हो । उरुग्वेको एन्ड्रेस फागियोलिनो र बेटिना डोमिन्गोएज निर्देशित नाटक ‘रियो’मा थिएट्रिकल क्लाउन पर्फमेन्समा खडेरीले पिरोलेको ठूलो क्षेत्र नजिक रहेको सहरको कथा देखाइएको छ । दुई जना मानिसलाई उक्त खडेरी पर्ने क्षेत्रको बारेमा पत्ता लगाउन पठाइन्छ, तिनीहरूको यात्राले मानवीयताका धेरै पत्र खुलाउँदै जान्छ ।
दैनिक जीवनमा मानिसलाई तन्दुरस्त र फुर्तिलो राख्न सघाउने फिटनेस सेन्टर (व्यायामशाला)हरू कोरोना कालमा थला परे। कोरोना सर्ने भयले दैनिक व्यायाम गर्नेहरू जिम छिर्न छोडेका थिए। कोरोनाले थलिएका विराटनगरका फिटनेस सेन्टर अब भने विस्तारै आफ्नो व्यवसायको लय समात्दै लगेका छन्। फिटनेस सेन्टरहरूको मुख्य याम फागुनदेखि सुरु भएर कात्तिकमा सकिन्छ तर विराटनगरमा भने अहिले जाडो मौसममा पनि चलिरहेको छ। कोरोनाले थलिन बाध्य बनाएका फिटनेस सेन्टर त्यसैको ज्ञानले भरिदिएको ऊर्जाका कारण जाडो मौसममा पनि उत्तिकै चल्ने अवस्थामा पुगेको सञ्चालकहरूको बुझाइ छ।
नेदरल्यान्ड्स र सेनेगल कतारमा जारी फिफा विश्वकपको नकआउच चरणमा प्रवेश गरेका छन् । समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले आयोजक कतारलाई २–० गोलले हरायो । अर्को खेलमा सेनेगलले इक्वेडरलाई २–१ गोलले स्तब्ध बनायो ।
गर्मी याममा हिमाली भेगमा राखिएका भेडागोठ विस्तारै जाडो बढेसँगै तल्लो भेगमा झर्न थालेका छन्। जाडो बढेकाले भेडागोठहरू तल्लो भेगमा झारिएको साल्मेको जङ्गलमा भेटिएका ओखलढुङ्गाका भेडापालक व्यवसायी जितबहादुर गुरुङले बताउनुभयो। सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढुङ्गाका गुरुङ तथा राई जातिहरूले पुस्तौँअघिदेखि अँगाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसायजस्तो एक ठाउँमा मात्र राखेर गर्न नहुने भएकाले मौसमअनुसार तराईदेखि हिमालसम्म डुलाउनुपर्ने भेडापालक बताउँछन्।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ मा काभ्रेपलाञ्चोक जिल्लाका दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारमध्ये १२ उम्मेदवारले एक सयभन्दा कम मत प्राप्त गर्नुभएको छ। जिल्लामा प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा गरी ६४ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ मा काभ्रेपलाञ्चोक जिल्लाका दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारमध्ये १२ उम्मेदवारले एक सयभन्दा कम मत प्राप्त गर्नुभएको छ। जिल्लामा प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा गरी ६४ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो।
कतार विश्वकपमा सुरुका दुई खेलपछि नै विश्वका दुई सर्वश्रेष्ठ फुटबलरले सफलता र असफलता देखिसकेका छन्। पोल्यान्डका कप्तान रोवर्ट लेवान्डोस्कीले मेक्सिकोविरुद्धको खेलमा पेनाल्टीमा गोल गर्न असफल हुनुभएको थियो। यद्यपि त्यसपछि पोल्यान्डले साउदी अरबलाई २–० ले हराएको खेलमा लेवान्डोस्कीले विशेष प्रदर्शन गर्नुभयो। उहाँले एक गोल गर्नुका साथै अर्को गोलका लागि एसिस्ट गरेपछि पोल्यान्डको नकआउटमा पुग्ने सम्भावना कायम रहेको छ। हाल विश्वका सर्वश्रेष्ठ स्ट्राइकरमध्ये एक लेवान्डोस्कीले विश्वकपमा पहिलो पटक गोल गर्नुभएको हो। विश्वकपमा लेवान्डोस्की यसअघिका चार खेलमा गोलविहीन हुनुहुन्थ्यो।
सन् २००६ पछि यस पटक विश्वकपमा उपाधि रक्षा अभियानमा रहेको टिमले पहिलो पटक समूह चरण पार गरेको छ। यस इटाली, स्पेन र जर्मनी विश्वकप उपाधि रक्षा अभियानमा समूह चरणबाट बिदा भएका थिए। फ्रान्स पनि पहिलो पटक विश्वकप जितेको चार वर्षपछि उपाधि रक्षा अभियानमा समूह चरणबाट बाहिरिएको थियो। यस पटक भने पछिल्ला नियतिलाई रोक्दै च्याम्पियन फ्रान्स कतार विश्वकपको नकआउट चरणमा पुग्न पहिलो टिम बनेको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घले अर्थतन्त्र गम्भीर सङ्कटको सँघारमा रहेकाले तत्काल सचेत नभए गम्भीर दुर्घटना निम्तने चेतावनी दिएको छ । महासङ्घ सचिवालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा तरलता अभाव, मूल्यवृद्धि, चर्को ब्याज, न्यून राजस्व सङ्कलनको अवस्थामा नियामकीय निकायले अपरिपक्व कदम चाल्दा अर्थतन्त्रमा जटिलता आएको आरोप महासङ्घले लगाएको छ ।