विजयी भएपछि नेताहरूले कालीकोटका मतदातालाई धन्यवाद दिएका छन्।
सोसलिस्ट इन्टरनेशनलको महाधिवेशनबाट स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज अध्यक्षमा सर्वसम्मतले चयन हुनुभएको छ ।
नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
दक्षिण एसियाली टेबल टेनिस प्रतियोगिता मङ्सिर २२ देखि २५ गतेसम्म काठमाडौंमा हुने भएको छ । लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा सञ्चान हुने प्रतियोगिताको अन्तिम तयारीका लागि नेपाल जुटेको आयोजक अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले बताउनुभयो ।
फिल्म ‘डिसेम्बर फल्स’ को ‘फकाउनै जानिन’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी फिचर्ड छन् ।
प्रदेश–१ ले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सानदार जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा प्रदेश–१ ले मधेश प्रदेशलाई १० विकेटले हरायो ।
धनुषा निर्वाचन क्षेत्र नं.४ को प्रदेशसभा (ख) मा नेकपा (एमाले)का हरिनारायण महतो निर्वाचित हुनुभएको छ ।
कैलाली निर्वाचन क्षेत्र नं. ४ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशबहादुर बम विजयी हुनुभएको छ ।
पर्सा निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार जनार्दन सिंह क्षेत्री १० हजार १९५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उम्मेदवारले निर्वाचनको अवधिमा भएका खर्चको विवरण पेस गर्न उम्मेदवारहरूलाई निर्देशन दिएको छ ।
बिर्सुं भन्छु तिमीलाई किन बिर्सिंदैन ? तिमीसँग बिताएका छिन बिर्सिंदैन । माया भन्ने चीज के हो छैन परिभाषा लागेपछि एक दुई तिन बिर्सिंदैन ।
वसन्तपुरको मानन्धर परिवारको चारतले घरमा डेरा गरी प्रसन्न मनले दिन बितिरहेका थिए । त्यस्तैमा एउटा नयाँ शिशु (कान्छो छोरा)को आगमन हुने भयो । त्यो बेला हाम्रो आफ्नो परिवार कोही पनि साथमा थिएनन् । अवस्था पनि निकै दयनीय थियो । आफन्तहरू सबै बलेको आगो मात्र ताप्ने रहेछन् । सधँै त्यो मानन्धरको घरमा पाहुनाको लर्कोे तर त्यो २०२६ सालमा पाहुना भने कोही थिएनन् । त्यस्तो अवस्थामा म प्रसूतिका लागि अस्पताल जान तयार भएँ बल्लतल्ल श्रीमान्जी कामबाट घरमा आइपुग्नुभयो । साँझ सबैले खाइसकेपछि मलाई सन्चो नभएको कुरा सुनाएँ । त्यो कुराले श्रीमान्को मनमा निक्कै दुःखपीडाहरू उम्लन थाले । जेठो छोरो प्रतीक काखमा थियो । उसलाई छाडेर हामी दुई जना वीर अस्प
मङ्सिर ४ गते भएको निर्वाचनबाट बाँकेमा मतका हिसाबले एमाले पहिलो ठूलो पार्टी बनेको छ ।