धनुषा क्षेत्र न. ४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा(एमाले)का उम्मेदवार रघुवीर महासेठ विजयी हुनु भएको छ ।
जाजरकोटका ग्रामीण भेगका सर्वसाधारण मतदानपछि रोजगारीका लागि भारत जान थालेका छन्। प्रदेश तथा प्रतिनिधि सभाका सदस्य गाउँगाउँमा विजयोत्सव मनाइरहेका बेला मतदाताचाहिँ श्रमको खोजीमा भौँतारिएका छन्। गाउँबस्तीमा श्रमको सुविधा नहुँदा जाजरकोटका ग्रामीण बस्तीबाट बर्सेनि हजारौँ युवा भारतका विभिन्न क्षेत्रमा रोजगारीका लागि जाने गर्दछन्।
सुर्खेतको चौकुने गाउँपालिकाले अघिल्लो कार्यकालमा वार्षिक बजेटका केही अंशबाहेक अधिकांश हिस्सा पूर्वाधार निर्माणमा खर्च गरेको छ। ग्रामीण सडक निर्माण तथा स्तरोन्नति, पालिकाको प्रशासनिक भवन र अरू भौतिक संरचनाहरूमा ठूलो बजेट खर्च गरिएको जनाइएको छ। अघिल्ला आर्थिक वर्षहरूमा लक्षित वर्गका लागि विनियोजित केही बजेटसमेत रकमान्तर गरेर पूर्वाधार निर्माणमा लगाइएको छ। भौतिक पूर्वाधार पनि अति आवश्यक भएकाले विगतका वर्षमा नीति, कार्यक्रम र बजेटमा प्राथमिकतामा पर्दापर्दै सामाजिक विकासका क्षेत्रमा लगानी केही कम भएको पालिकाले जनाएको छ।
लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक भएसँगै नयाँ सरकारको विषयमा चर्चा परिचर्चा सुरु भएको छ। नयाँ सरकार कुन दलले र कसको नेतृत्वमा बनाउने भन्ने विषयले अहिले लुम्बिनी प्रदेशमा चर्चा पाएको छ। प्रत्यक्षतर्फ प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) र दोस्रो दल नेपाली कांग्रेस भएको छ। एमाले वा कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्ने आकलन गरिएको छ। नेकपा (माओवादी केन्द्र) तेस्रो दल भएकाले सो दलको भूमिका सरकार गठनमा महत्वपूर्ण हुने देखिएको छ। प्रदेश सभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने सदस्यको टुङ्गो लागेपछि राजनीतिक समीकरणको जोड घटाउ सुरु हुनेछ।
पोखरा सहरलाई झिलिमिली बनाउन सडकमा ‘हाइमास्ट सडक बत्ती जडानको गरिएको छ। पोखरा महानगरपालिकाले यहाँका सडकलाई सुरक्षित र झिलिमिली बनाउन बत्ती जडान थालनी गरेको हो। महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएपछि पोखराको जिरो किमिमा हाइमास्ट बत्तीको शिलान्यास गरिएको छ। महानगरका अनुसार बत्ती जडानको काम शनिबारदेखि सुरु भएको छ। ‘उज्यालो पोखरा’ कार्यक्रमअन्तर्गत पोखराको जिरो किलोमिटर चोकमा ‘हाइमास्ट बत्ती जडान गरेर परीक्षण पनि गरिएको छ। पोखरा महानगरपालिकालाई सडक बत्तीमार्फत उज्यालो बनाउने गरी ‘उज्यालो पोखरा’ अभियान सुरु गरेको महानगरले जनाएको छ। तिहारसम्ममा ‘हाइमास्ट’ र स्मार्र्ट सडक बत्ती जडानको काम सक्ने लक्ष्य राखिएको थियो। विभिन्न कारणले ढिलाइ भएको भए पनि माघसम्ममा बत्ती जडानको काम पूरा गर्ने लक्ष्य महानगरपालिकाले राखेको छ।
पाँचथरको फालेलुङ गाउँपालिकास्थित उच्च पहाडी र हिमाली भेगमा पालिएका याक र चौँरीमा लाग्ने आन्तरिक र बाह्य परजीवी नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गरिएको छ। फालेलुङ गाउँपालिका र स्थानीय चौँरी पालक किसान समूहको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरिएको हो। फालेलुङ गाउँपालिकाले फालेलुङ–४ को फालौट क्षेत्रमा सञ्चालन गरेको कार्यक्रमअन्र्तगत यस क्षेत्रका याक, चौँरी र उराङ गरी ३५० वटा जनावरलाई आन्तरिक र बाह्य परजीवी नियन्त्रणका लागि औषधि सेवन गराइएको गाउँपालिकाको पशु सेवा शाखाका प्रमूख छिरिङ सेर्पाले जानकारी दिनुभयो।
विश्वकप फुटबलको उपाधि दाबेदारमध्ये एक नेदरल्यान्ड्स प्रिक्वाटरफाइनलमा सँघारमा रहेको छ। समूह ‘ए’मा नेदरल्यान्ड्सले समूह चरणको होडबाट बाहिरिसकेको आयोजक कतारविरुद्ध खेल्दै छ। कतारले सुरुका दुई खेल हारेको थियो। नेदरल्यान्ड्सलाई तुलनात्मक रूपमा कमजोर कतारविरुद्ध बराबरी पनि पर्याप्त छ। कतारसँग हारे पनि यस समूहको अर्को खेलमा इक्वेडरले सेनेगललाई हराएमा नेदरल्यान्ड्स अगाडि बढ्नेछ। ७१ वर्षीय प्रशिक्षक लुइस भान गालले नेदरल्यान्ड्सलाई विश्वकप दिलाउन आफ्नो सन्न्यासलाई रोकिरहनुभएको छ। नेदरल्यान्ड्स तीन पटक फाइनलमा पुगेर पनि विश्व च्याम्पियन बन्न नसकेको अभागी टिम हो। सन् १९७४ मा पश्चिम जर्मनी, सन् १९७८ मा अर्जेन्टिना र सन् २०१० मा स्पेनसँग फाइनलमा हारेपछि नेदरल्यान्ड्स नजिक पुगेर पनि विश्वविजेता बन्नबाट वञ्चित भएको थियो। सन् २०१४ मा पनि नेदरल्यान्ड्सले तेस्रो स्थान हासिल गरेको थियो।
बेलायतका दुई टिम इङ्ग्ल्यान्ड र वेल्सबीच फुटबलमा ठूलो प्रतिद्वन्द्विता छ। सन् २०१६ मा भएको युरो कपमा आइसल्यान्डसँग पराजित भएर इङ्ग्ल्यान्ड बाहिरिँदा वेल्सका खेलाडीहरूले मनाएको खुसियाली ‘भाइरल’ भएको थियो। सो प्रतियोगितामा इङ्ग्ल्यान्डसँग समूह चरणमा २–१ ले हारेको वेल्स सेमिफाइनलसम्मको यात्रा गर्न सफल भएको थियो।
कोरोना भाइरस (कोभिड–१९) प्रभावपछि रुस र युक्रेन युद्धको बाछिटाले थलिएको नेपाली अर्थतन्त्र अझै पनि पूर्ण रूपले बौरिसकेको छैन । बैङ्क तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी तरलताको अभाव छ । महँगी बढेको छ र रोजगारी खुम्चिएको छ । कतिपय परिसूचकमा केही आशा जाग्न थाले पनि त्रास बाँकी नै छ । मुलुकलाई आर्थिक दुर्घटनाबाट बचाउने गरी विभिन्न नीति नियम तथा कार्यक्रम सञ्चालन गर्नुुु अनिवार्य छ । अन्यथा दक्षिण एसियाली राष्ट्र श्रीलङ्काको आर्थिक नियति भोग्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन । यसका निम्ति देशको ढुकुटी सम्हाल्ने निकायले निकै सोचविचार गरेर भावी कदम चाल्नुको कुनै विकल्प छैन । यसै सन्दर्भमा नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेसँगै अर्थतन्त्रमा सुधारको अपेक्षा बढेको छ ।
हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको धेरैजसो परिणाम सार्वजनिक भएको छ । समानुपातिकतर्फको मतगणता जारी नै रहेका कारण यसको सम्पूर्ण परिणाम घोषित गर्न अझ केही दिन लाग्न सक्छ तर सङ्घमा कुनै एक दलको नेतृत्वमा सरकार गठन हुने सम्भावना देखिँदैन । चुनावअघि अस्तित्वमा आएको पाँच दलीय गठबन्धनले आफ्नो सहयात्रालाई निरन्तरता दिन खोज्यो भने नयाँ सरकारको गठनमा समस्या हुने छैन तर नेपालका राजनीतिज्ञहरूमा रहेको सत्ताप्रतिको असीमित महìवाकाङ्क्षाले नयाँ सत्ता समीकरणलाई पनि अस्तित्वमा ल्याउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । समानुपातिक निर्वाचन प्रणालीका कारण नेपालमा कुनै एक पार्टीको नेतृत्वमा बहुमतको सरकार अस्तित्वमा आउने सम्भावना रहेन ।
मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएसँगै मतदाताहरु खेतीपातीमै व्यस्त देखिएका छन् । लगाएका खेति उठाउन र विक्री वितरण गर्न किसानहरु व्यस्त छन् ।
धनुषा क्षेत्र न. ४ प्रतिनिधि सभा सदस्यको उम्मेदवारको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार वाम–गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव र नेकपा(एमाले)का उम्मेदवार रघुवीर महासेठ विच तीव्र प्रतिस्पर्धा भएको ।
गत नोभेम्बर ६ तारिखबाट इजिप्टको शर्म–एल–शेख सहरमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन तोकिएका दिनभन्दा बढी लम्बिए पनि खासै उपलब्धिपूर्ण हुन सकेन । जुन सम्मेलनले नोभेम्बर २० मा जलवायु परिवर्तनको असर परेका मुलुकलाई ‘लस र ड्यामेज’ का आधारमा क्षतिपूर्ति दिने निर्णय भएको संयुक्त राष्ट्रसङ्घका जलवायु परिवर्तनसम्बन्धी एक्जुकेटिभ सेक्रेटरी सिमोन स्टेइलले जानकारी गराएका थिए । विकसित राष्ट्रले हरेक सम्मेलनमा कार्बन उत्सर्जनमा कटौती गर्ने र उक्त कार्बन उत्सर्जनबाट प्रभावित गरिब राष्ट्रलाई क्षतिपूर्ति दिने सहमति जना
अथर्ववेदमा मातृभूमिको महिमा छ । त्यसमा भनिएको छ, “हे मातृभूमि, हामीलाई अनन्त ज्ञान प्राप्त होस् । प्रत्येक दिन हामी अभैm समृद्ध बन्न सकौँ । दयालु, परोपकारी र उदार बन्न सकौँ ।” आज हरेक राष्ट्रले सार्वभौमसत्ता, राष्ट्रिय एकता र जनहितको रक्षाका लागि राष्ट्रिय मूलमन्त्र बनाएर सोहीअनुसार परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा नीति, अर्थनीतिलगायतका यावत् पक्षको संरक्षण गर्ने गरेको पाइन्छ । त्यो मूलनीतिमा राष्ट्रको तस्बिर देखिन्छ । विगत र वर्तमानबाट शिक्षा लिएर भविष्यको मार्गचित्र बनाइन्छ ।
एक्काइसौँ शताब्दीमा पनि खानै नपाएर समस्याग्रस्त हुनु भनेको गम्भीर अस्वीकार्य अवस्था हो । संसारभर लगभग १४९.२ मिलियन बालबालिका (पाँच वर्षभन्दा मुनिका) पुड्कोपनको फन्दामा परेका छन् भने ४५.४ मिलियन ख्याउटे र ३९ मिलियन मोटोपनका सिकार बनेका छन् । (विश्व तथ्याङ्क २०२१) । नेपालमा पनि कुपोषणको समस्या व्यापक छ । नेपालले पुड्कोपन, मातृ मृत्युदर र शिशु अनि बाल मृत्युदर घटाउन सकारात्मक फड्को मारेको छ ।