• १३ साउन २०८१, आइतबार

धनुषा ४ बाट रघुवीर महासेठ विजयी, १२४ मतले यादव पराजित

blog

विजयकुमार साह

धनुषा, मङ्सिर १३ गते । धनुषा क्षेत्र न. ४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा(एमाले) का उम्मेदवार रघुवीर महासेठ विजयी हुनुभएको छ । उहाँले वाम–गठबन्धनतर्फका नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पछि पार्दै विजयी हुनुभएको निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ । 

दुई नेताबीच कडा प्रतिस्पर्धा भएको थियो । महासेठले  ३२ हजार २३६ मत प्राप्त गर्नुभएको छ भने यादवले ३२ हजार ११२ मत प्राप्त गर्नुभएको छ । सेठ एमालेका केन्द्रीय सचिव हुनुहुन्छ । यो मतपरिणामसँगै एमालेले प्रत्यक्ष तर्फ ४३ वटा स्थानमा विजय हासिल गरेको छ ।