• १३ साउन २०८१, आइतबार

धनुषा ४ मा यादव र महासेठबीच तीव्र प्रतिस्पर्धा

blog

धनुषा, मङ्सिर १३ गते । धनुषा क्षेत्र न. ४ प्रतिनिधि सभा सदस्यको उम्मेदवारको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार वाम–गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव र नेकपा(एमाले)का उम्मेदवार रघुवीर महासेठबीच तीव्र प्रतिस्पर्धा भएको छ

पछिल्लो गणनामा ४२ मतले महासेठ अगाडि हुनुहुन्छ भने ५७९ मत गणना गर्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । महासेठको ३१ हजार २५२ र यादवले ३१ हजार ९१० मत प्राप्त गर्नुभएको छ ।  निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।