कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार सुधाकर पाण्डेय १४ हजार १८५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
हालै सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा विद्यालय तथा बालबालिकालाई प्रयोगमा ल्याइएको पाइएको छ ।
बागलुङ निर्वाचित क्षेत्र नं. २ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार दीर्णकुमार कुवँर १२ हजार ४२१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत सोमबार दिउँसो मर्यादा पुरुषोत्तम भगवान् राम र जगतजननी सीताबीचको स्वयंवर कार्यक्रम सम्पन्न भएको छ ।
बागलुङ निर्वाचित क्षेत्र नं. १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराम सुबेदी विजयी हुनुभएको छ । उहाँले १३ हजार ३७९ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउने काममा सुकुम्वासीहरूले अवरोध गरेका छन् । अनधिकृत रूपमा बनाइएका भौतिक संरचनाहरू हटाउने अभियान अन्तर्गत काठमाडौं महानगरपालिकाले सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको छ ।
नुवाकोट निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी हुनुभएको छ । महतले १३ हजार ७२७ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले प्रदेश–१ लाई दुई सय १३ रनले हरायो ।
काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार कञ्चनचन्द्र वादे विजयी हुनुभएको छ । उहाँले २६ हजार ३५ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
भोजपुर निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार विनोद राई विजयी हुनुभएको छ ।
सुनसरीको दुहवी नगरपालिका ७ भलुवामा हजार दिनका आमालाई स्वस्थ जीवनशैली एवम् सरसफाइसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न भएको कार्यक्रममा दुहवी नगरपालिकाको भलुवास्थित वडा ७ मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीले आमालाई मातृशिशु सुरक्षार्थ दुग्धवर्धक जडीबुटीजन्य औषधी वितरण गरेको छ ।
लमजुङ निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार भेषबहादुर पौडेल विजयी हुनुभएको छ । पौडेलले १९ हजार ५६० मत प्राप्त गरी विजयी हुनुभएको हो ।
जलीय जैविक विविधताको संरक्षण गर्न दानव नदीमा माछाका भुरा छोडिएका छन् । नस्ल सुधार गर्दै स्थानीय जातका माछाको संख्या बढाउने उद्देश्यले विश्व मत्स्य दिवसकै अवसरमा नदीमा ५० हजारभन्दा बढी विभिन्न जातका माछाका भुरा छाडिएका हुन् ।
बर्दिया निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (क)मा नेपाली कांग्रेसका उम्मेदवार जन्मजय तिमिल्सिना विजयी हुनुभएको छ ।
विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा रहेको घोडाघोडी मन्दिरमा थारु समुदायको लवाङ्गी पूजा सोमबार भब्य रुपमा सम्पन्न भएको छ । सीता विबाह पञ्चमीका दिन पर्ने यो पूजा परापूर्वकालदेखि विशेष पर्वका रुपमा मनाइँदैआएको छ ।