• १३ असोज २०८१, आइतबार

थापाथली सुकुम्वासी बस्तीमा डोजर चलाउन अवरोध

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर १२ गते । काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउने काममा सुकुम्वासीहरूले अवरोध गरेका छन् । अनधिकृत रूपमा बनाइएका भौतिक संरचनाहरू हटाउने अभियान अन्तर्गत काठमाडौं महानगरपालिकाले सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको छ ।


बस्तीमा सुकुम्वासीहरूले डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिका विरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रदर्शन गरेका छन् । अहिले पनि त्यस क्षेत्रमा तनाव कायमै छ । स्थानीयले प्रतिकार गर्न प्रदर्शनलाई निरन्तरता दिएका हुन् । 

काठमाडौं महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गर्दै सो बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो । प्रदर्शनकारीहरूले विकल्प नदिई आफूहरू सो बस्तीबाट नहट्ने अडान गरेका छन् । डोजर चलाउने डरले सुकुम्वासीले घरको सामान पनि बाहिर निकालेका छन् । अनधिकृत रूपले नदी किनारमा बनाइएका छाप्रो हटाइछाड्ने महानगरपालिकाले जनाएको छ ।